
१८ फागुन, काठमाडौं – नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बन्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।
‘यो सिरिजका लागि पनि सन्दीपले नै कप्तानी गर्नेछन्,’ मल्लले अनलाइनखबरसँग भने, ‘उपकप्तानको नियुक्ति चाहिँ आवश्यक अवस्थामा प्रशिक्षकले नै गर्ने गरी अधिकार दिएका छौं ।’
मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरुप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यतिबेला आसन्न टी–२० विश्वकप छनोटका लागि भन्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको थियो ।
विश्व क्रिकेट लिग–२ को अन्तर्गत नेपालले चैत पहिलो साता युएईमा त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्ने तय भएको छ । सचिव मल्लले नेपाली टोली २/३ दिनमा श्रीलंका प्रस्थान गर्ने जानकारी दिए । नेपालले श्रीलंकामा स्थानीय टोलीहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।
विश्वकप लिग–२ शृंखलामा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो ।
युएईमा नेपालको खेल
२ चैतमा पपुवा न्युगिनीविरुद्ध
४ चैतमा युएईविरुद्ध
७ चैतमा युएईविरुद्ध
८ चैतमा पपुवान्युगिनीविरुद्ध
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर