
बाजुरा– स्वास्थ्य कार्यालय बाजुराले स्वास्थ्य दिवसको अवसरमा आयोजना गरेको खुला महिला–पुरुष व्याडमिन्टन प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख माननीय देवराज जोशीले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवराज जोशीले खेल क्षेत्रलाई चलायमान बनाई राख्न आफ्नो सक्दो सहयोग रहने बताउनुभयो । खेल स्वास्थ्यका लागी पनि अति उत्तम हुने भएकाले खाली समयमा, बिहानको समयमा खेल खेल्दा राम्रो हुने बताउनुभयो ।
एक व्यक्ति हिडे जिल्ला र प्रदेश समेत हिड्ने भएकाले समय मिलाएर दैनिक रुपमा विहानको बेला व्यायाम र विभिन्न खेल खेल्नु नै उपयुक्त रहेको प्रदेश प्रमुख जोशीले भन्नुभएको छ ।
प्रदेश प्रमुख जोशीले आफुले जानेको खेल प्रदर्शन गरी सभ्य र अनुशासित भएर आफ्नो खेल देखाउन खेलाडीलाई हौसला दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख देवराज जोशी रहनुभएको थियो ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,उप– प्रमुख कविता विष्ट विशिष्ट अतिथी रहनुभएको थियो ।
“म हिड्छु मेरो प्रदेश हिड्छ अभियान,स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय बाजुराले खुला डबल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ ।
स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाजुराका कम्प्युटर अपरेटर प्रशान्तराज जोशीले गर्नुभएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर