
१८ फागुन, दाङ । दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

घोराही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै गढवा गाउँपालिका -२ महादेवा पुल नजिकै कार र मोटरसाइकल एकआपसमा ठोकिंदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीकी छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गम्भीर घाइते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।
यस्तै कार र मोटरसाइकल ठोक्किंदा तीन जना घाइते भएका छन् । गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु२च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा४प ३४६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंएका हुन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर