
सर्मिला रोकाया/ बाजुरा : कर्णाली प्रदेशको कालिकोट र पचाल झरना गाउँपालिकामा जल यात्रा अर्थात र्याप्टिङ्गको सम्भाब्यता अध्ययन गरीएको छ । कालिकोटको पलाता र पचाल झरना गाउँपालिकाको सयुक्त आयोजना र राराकैलास टुर एण्ड कर्णाली ट्रेलको समन्वयमा र्याप्टिङ्गको सम्भाब्यता अध्ययन संगै उद्घाटन गरीएको हो । कालिकोटको घाटा चौर बाट लाफा पुल सम्म ६ किलो मिटर जल यात्रा र्याप्टिङ्गको सम्भाब्यता अध्ययन भए संगै हिजो द्घाटन गरीएको रारा कैलास टुर एण्ड कर्णाली ट्रेल बाजुराका अध्यक्ष जनेश भण्डारीले जानकारी दिनुभएको छ ।
उहाँले जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानिय र पत्रकारको सहभागितामा उद्धघाटन कार्य सम्पन्न भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम, पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्क सेजुवाल, शान्नी त्रिबेणी नगरपालिका नगर प्रमुख डम्बर बहादुर शाही, रास्कोट नगरपालिकाका नगरप्रमुख काशीचन्द बराल, रेडियो बुढिनन्दा सञ्चालक समिति अध्यक्ष जनेश भण्डारी, र्याप्टिङ्ग बिज्ञ महेन्द्र सारु मगर, पत्रकार लगायतको सहभागिता रहेको थियो । उद्धघाटन कार्यक्रमा वोल्दै कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री शाहिले कालिकोट पनि र्याप्टीगंका लागि सम्भाब्य वोकेको ठाउँ भएकाले चासो दिएर काम गर्न स्थानिय सरकारलाई सुझाव दिनुभयो ।
उहाँले कर्णाली प्रदेशले पनि र्याप्टिङ्गलाई प्रदेशको मुख्य योजनामा राख्नु पर्ने बताउनुभएको छ । जलयात्रालाई पर्यटन प्रर्वद्धन गरी कर्णालीको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने भएकाले यसलाई निरन्तरता दिन प्रदेशले पनि चासो दिनु पर्ने बताउनुभएको छ । घर आगँनमा वगेको कर्णालीमा र्याक्टीगं सञ्चालन गरी आन्तरीक तथा वाह््य पर्यटकलाई भित्रयाउन सकेको खण्डमा कालिकोटले आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँले बताउनुभयो । यस अघि बाजुराका स्थानिय तहमा सञ्चालित र्याप्टीगं सेवा अव कर्णालीमा पनि सञ्चालन हुने हुदा स्थानिय खुशि भएका छन । कर्णाली प्रदेशको हुम्ला देखि बाजुराका स्वामीकार्तिक, हिमाली र जगन्नाथ हुदै कालिकोटको पलाँता, पचाल झरना र सान्नी त्रिवेणी नगरपालिका लगायतका स्थानिय तहमा र्याप्टीगं सञ्चालन हुने बताईएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर