• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

धनगढी घर भएका पल शाहका म्यानेजर भन्छन्, ‘सिध्याउने योजना थियो’

खप्तड मालिका न्युज February 25, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः नायक पल शाह प्रकरणमा फेरि नयाँ खुलासा भएको छ। सुदूरपश्चिमको धनगढी घर भएका पलका म्यानेजर कृष्ण जोशीले उक्त खुलासा गरेका हुन्। आज शुक्रबार एक अनलाइन टिभीमा अन्तरवार्ता दिदै उनले नायक पल शाहलाइ मार्ने सम्मको योजना बुनिएको बताएका छन्। दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाई र आफू, कृष्ण जोशी लगायतले यस्तो योजना बनाएको बताएका हुन्।
अन्तरवार्तामा उनले भनेका छन्, ‘हामीले गेम बनाएर पललाइ सिध्याउने योजना बनाएकै हो। हाम्रो टिमले नै यो योजना बनाएको हो। यसको कारण भने आर्थिक प्रलोभन र पर्सनल रिसिइवी हो।’ उनले थपे, ‘पलले हामीले भनेका कतिपय कुरा नमानेपछि हामी यस्तो गर्न बाध्य भएका हौ। दुर्गेश दाइले त मार्ने नै भन्नुभएको थियो।’ अन्तरवार्तामै उनले गलत गरेको र सजाय भोग्न तयार रहेको समेत बताएका छन्। यो योजनामा दुर्गेश थापाको ठूलो हात रहेको उनको भनाइ छ।
यता, बुधबार पल शाहविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनी फरार छन्। शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ। पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्। उक्त उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको जनाएको छ।
उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी र महानगरीय अपराध महाशाखा लागी परेको बताइएको छ। पलले उजुरी परेपछि बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस समेत लेखेका थिए। त्यसमा उनले दुर्गेश लगायतको टिमले नै आफूलाइ फसाएको आरोप लगाएका थिए। उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही अडिओ तथ्यहरुसमेत फेशबुकमा पेस गरेका थिए। नायक शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहित म्यानेजर कृष्ण जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाईको नाम सार्वजनिक गरेका थिए।
पललाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर
बलात्कारको आरोप लागेका अभिनेता शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। भर्खरै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। शाह काठमाडौंमै रहेको प्रहरीको भनाइ छ।
यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑