• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

‘म यस्तो गीत गाउँछु २’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

खप्तड मालिका न्युज February 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१२ फागुन, काठमाडौं- शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीहरु पुगेका थिए ।
२ घन्टा १६ मिनेट लामो यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश चलचित्रकर्मीले उत्कृष्ट भने । चलचित्र हेरेर निस्किएपछि अभिनेत्री निरुता सिंहले भनिन्, ‘चलचित्र हेरेपछि म धेरै पटक रोमाञ्चित भए भने कैयौं पटक रोएँ । चलचित्रको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट छ । कलाकारको अभिनय बेजोड लाग्यो ।’
निर्देशक दीपाश्री निरौलाले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शन थापाले उत्कृष्ट चलचित्र बनाउनुभएको छ ।’
चलचित्र हेर्न पुगेका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको सुनाए । प्रिमियरमा कलाकारहरु नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रुपाखेती, पुष्प खड्कालगायत पुगेका थिए । यस्तै निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पनि चलचित्रको प्रिमियरमा पुगेका थिए ।
चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताए । उनले आफूहरुले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताए । अभिनेत्री पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भएपनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गरिन् ।
अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको चलचित्रको टिकट बुकिङ पनि खुल्ला भइसकेको छ । चलचित्रको प्रिमियरमा अभिनेता पल शाह भने उपस्थित थिएनन् ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑