
११ फागुन, काठमाडौं । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने छ ।

सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् ।
ऊर्जा मन्त्रालयका सचिव कार्कीका अनुसार दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने छ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ ।
नेपालले विद्युत् निर्यातको विषयलाई पनि प्राथमिकतामा राखेको छ । ‘वषर्ायाममा बिजुली धेरै उत्पादन भएर खेर जाने अवस्था आउन सक्ने भएकाले त्यसअघि नै खुला बजारमा पहुँच स्थापित गर्ने प्रयास रहन्छ,’ बैठकमा सहभागी हुने ऊर्जा मन्त्रालयका एकजना अधिकारीले भने ।
सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६-६ महिनामा बस्ने प्रावधान छ । त्यसअघि २०७६ सालमा भारतको बैंगलोरमा बैठक बसेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण यो बैठक भर्चुअल रूपमा सम्पन्न भएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर