• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

साथीको सहयोगमा गर्भवती श्रीमतीको हत्या

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

९ फागुन, जनकपुरधाम – मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ ।

भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले हत्या गरेको स्वीकारेको विष्टले बताए ।

हत्यामा अजयलाई सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि पक्राउ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।

अजय, श्रीमती र दुई छोरासँगै सर्लाहीको मलंगवा नगरपालिका–९ मा डेरा गरी बस्थे । उनले ‘मेला घुम्न जाऔं’ भन्दै श्रीमती र छोराहरुलाई टेम्पो चढाएर महोत्तरी पुर्याएको र सागरनाथ वन विकास परियोजनाको जंगलभित्र लगेर साथीको सहयोगमा श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी विष्टले जानकारी दिए । अपसना ८ महिनाको गर्भवती रहेको प्रहरीको भनाइ छ ।

पत्नीको हत्यापछि अजयले आफ्ना दुई छोरालाई नजिकैको एक होटलमा बेवारिसे छाडेर भागेको प्रहरीले बताएको छ ।

सम्बन्धमा खटपटपछि हत्या

अपसना र अजयबीच दुई वर्ष अगाडि चिनजान भएको थियो । अजय भारतको सीतामढीमै घर निर्माण गर्ने ठेकेदार थिए । अपसना ज्याला मजदुरीको काम गर्थिन् । सीतामढीमै चिनजान भयो र उनीहरुले प्रेम विवाह गरे ।

अपसना त्यसअघि नै विवाहित थिइन् । उत्तर प्रदेशमा विवाह गरेकी उनका दुई छोरा थिए । तर श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी दुई छोरासहित माइतीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार विवाहपछि अजयको परिवारले अपसनालाई स्वीकार गरेन । पञ्चायतीले अपसनालाई २५ हजार भारु क्षतिपूर्ति दिएर छुट्टिने र २५ हजार भारु गाउँमा भोज खुवाउने निर्णय सुनाएको थियो ।

पञ्चायतको निर्णय अजय र अपसनालाई स्वीकार्य भएन । गाउँमा बस्न नसकेपछि नौ महिना अगाडि उनीहरु सर्लाहीको मलंगवा आएर कोठा भाडामा लिएर बस्न थाले ।

अजयले मलंगवा नगरपालिका–९ का प्रमोद राउतको घर निर्माणको काम गर्दै आएका थिए । प्रहरीले पत्नी हत्यामा अजयलाई घरधनी राउतले सहयोग गरेको देखिएको बताएको छ ।

फागुन ३ गते दिउँसो २ बजेतिर मेला हेर्न जाने भनी अजयले श्रीमती अपसना र नाबालक छोराहरुलाई मलंगवाबाट टेम्पो रिजर्भ गरी सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर चोक पुर्‍याए ।

त्यहाँबाट प्रमोद राउतले उनीहरुलाई आफ्नो मोटरसाइकलमा राखेर बाँके खोलाको ड्याम हुँदै महोत्तरीको गौशाला नगरपालिका–१२ मा निर्माणाधीन रेल्वे ट्रयाकसम्म पुर्‍याएका थिए । प्रमोदले उनीहरुलाई आफ्नो मोटरसाइकलमा दुई खेप गरी त्यहाँसम्म पुर्याएको अजयले बयानमा बताएको डीएसपी विष्टले बताए ।

त्यसपछि अजयले अपसनालाई जंगलमा लगी साथीको सहयोगमा हत्या गरेको र छोराहरुलाई डेढ किलोमिटर टाढाको कान्तिबजारस्थित होटलमा लगी ‘मेरो बच्चा एकछिन हेरिदिनुस्, म चाउचाउ लिएर आउँछु’ भनी छाडेर हिंडेका प्रहरीले बताएको छ । त्यसपछि मलंगवा फर्किन अजयलाई प्रमोदले नै सहयोग गरेको खुलेको डीएसपी विष्टले बताए ।

 

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑