• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

नाफा छ महिनामै दोब्बर

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन ९ गते – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महिनामै १२ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष प्राधिकरणको कुल नाफाको तुलनामा दोब्बर हो । प्राधिकरणले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको छ । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले छ अर्ब १८ करोड रुपियाँ नाफा (अपरिष्कृत) कमाएको थियो ।
आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफा गर्दै आएको छ । विद्युत् चुहावट नियन्त्रणमा सफलता मिलेको र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएकाले नाफा आर्जनमा प्राधिकरणलाई सफलता मिलेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाण वृद्धि र आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, खर्च कटौतीलगायतका कारण नाफा आर्जन गर्न सफल भएको हो । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा भने थप तीन अर्ब रुपियाँ नाफा हुने प्राधिकरणको प्रक्षेपण छ । “चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासन कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,” घिसिङले भन्नुभयो ।

आर्थिक वर्षको पछिल्लो छ महिनामा सुक्खायामका कारण उत्पादन कम हुने र भारतबाट विद्युत् आयात बढ्नेछ भने निजी प्रवद्र्धकलाई पनि यो अवधिमा महँगो शुल्क तिर्नुपर्ने हुन्छ । पुसदेखि नयाँ उपभोक्ता महसुल समायोजन भएकाले पनि चालू आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्ने देखिएको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपियाँ खर्च गरेको छ ।

निर्यात बढ्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । गत आर्थिक वर्ष भरको विद्युत् निर्यात ३१ करोड ६० लाख रुपियाँ रहेकामा चालू आर्थिक वर्षको छ महिनामै ८० करोड ५० लाख रुपियाँको विद्युत् निर्यात भएको छ । गत आर्थिक वर्षमा चार करोड ४० लाख युनिट निर्यात भएकामा यस वर्ष आधा समयमै १७ करोड ३० लाख युनिट पुगेको छध्र

आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपियाँको विद्युत् आयात भएकामा गत आर्थिक वर्ष २१ अर्ब ८२ करोड रुपियाँ पुगेको थियो । चालू आर्थिक वर्षको छ महिनामा दुई अर्ब ५८ करोड रुपियाँको मात्र विद्युत् आयात भएको छ ।
माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपियाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चुहावट घट्यो
चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आर्थिक वर्षको मध्यसम्ममा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गरेको हो ।

कम छैन ऋण
प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपियाँ छ । प्राधिकरणको पँुजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब एक करोड रुपियाँ रहेको छध्र

 

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑