• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपालीलाई विदेशमै विद्युतीय राहदानी

खप्तड मालिका न्युज February 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन ४ गते – विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता रहेको बताउनुभयो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीको सङ्ख्या धेरै भएका मुलुकमा विद्युतीय राहदानी वितरणको अभियान सुरु गरिएको छ ।

उहाँका अनुसार अहिलेसम्म कतार, मलेसिया, साउदी अरब, ओमान र कुवेतबाट विद्युतीय राहदानी जारी गर्ने कार्यमा सफलता प्राप्त भएको छ । उहाँले भन्नुभयो, “मङ्गलबार ओमान र कुवेतमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको उद्घाटन भएको छ । विश्वका सबै देशमा सेवा पु-याउने प्रयासमा छौँ ।”

यसअघि गत माघ २३ गते कतारको दोहाबाट ‘लाइभ इनरोलमेन्ट’ गरी राहदानी छपाइ थालिएको छ । कतारमा सुरुको एक हप्ता सीमितका लागि राहदानी बुकिङ खुला गरिएको थियो । त्यस्तै, मलेसियास्थित नेपाली दूतावासबाट गत माघ २६ गतेबाट राहदानी वितरणको प्रक्रिया थालनी भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीमा छन् ।

पहिलो दिनमै ३३ जनाको ‘लाइभ इनरोलमेन्ट’ गरिएको थियो । लागि बुकिङ गरी विद्युतीय राहदानी लिन त्यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरिएको छ । त्यस्तै साउदी अरबको जेद्धा र रियादबाट राहदानी वितरणको प्रक्रिया सुरु भएको छ ।

नेपालमा जस्तै समय लिने फाराम भरेपछि आवश्यक कागजातसमेत अनलाइनमार्फत नै पठाउन सकिनेछ । विभागका अधिकृतले रुजु गरेपछि ‘लाइभ इनरोलमेन्ट’का लागि समय दिइनेछ । तोकिएको समयमा विदेशस्थित दूतावास वा नियोगको कार्यालयमा ‘लाइभ इनरोलमेन्ट’मा उपस्थित भएर विद्युतीय हस्ताक्षर, फोटो तथा औँठाछाप उपलब्ध गराउनु पर्नेछ ।

विभागमा विवरण आएपछि विद्युतीय राहदानी छपाइ गरिन्छ र विदेशस्थित सम्बन्धित नागरिकलाई उपलब्ध गराइन्छ । विभागका महानिर्देशक अर्यालले विदेशस्थित नेपाली दूतावास एवं कूटनीतिक नियोग रहेको मुलुकमा ‘लाइभ इनरोलमेन्ट’का लागि आवश्यक उपकरणसहितका सामग्री पठाउने कार्य जारी रहेको बताउनुभयो ।

यतिबेला नेपालमा पनि विद्युतीय राहदानी धमाधम वितरण भइरहेको छ । जसअनुसार नेपालको ३६ वटा जिल्ला प्रशासन कार्यालय तथा पाँचवटा इलाका प्रशासन कार्यालयबाट विद्युतीय राहदानीका लागि आवेदन दिन सकिन्छ । अन्य जिल्लामा पनि सफ्टवेयर मिलानको कार्य भइरहेको विभागले जनाएको छ ।

 

यो समाचार गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑