• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

धनगढी–दीपायल द्रुतमार्गको काम सुस्त, ६ पुलको ठेक्का सम्झौता

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः कैलालीको धनगढीदेखि दीपायल जोड्ने द्रुतमार्गमा ६ ओटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। द्रुतमार्गको कैलाली खण्डमा चार र डोटी खण्डमा दुई पुल निर्माणका लागि माघ १६ गते ठेक्का सम्झौता भएको हो।
द्रुतमार्ग योजनाका प्रमुख लक्ष्मण रावलले एक हप्ताभित्र पुल निर्माणको काम सुरु हुने बताए। ‘पुल निर्माणका लागि सम्झौता भएको छ,’ उनले भने, ‘हामी एक हप्ताभित्र पुल निर्माणको काम सुरु गर्छाै।’ सडकको ट्रयाक निर्माणको काम अलपत्र परेका बेला पुल निर्माणको ठेक्का भएको हो।
उक्त क्षेत्रमा तीन किलोमिटर सडकको ट्रयाक भने खोलिएको छैन। धनगढी–खुटिया–दिपायल आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले कैलाली खण्डमा तीन किलोमिटर सडकको मात्र ट्रयाक निर्माण बाँकी रहेको बताए। ‘धनगढी–दिपायल सडकको कैलालीतर्फ तीन किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ,’ उनले भने, ‘अरु सडक मर्मत गर्ने, स्तरवृद्धि, नाली निर्माणको काम हुँदैछ।’ उनका अनुसार केही ठाउँमा कालोपत्रेको काम पनि भएको छ।
बर्सातको पानीले भत्काएको क्षेत्रमा सडक मर्मतको काम जारी रहेका योजना प्रमुख रावलले बताए। ‘पहिले ट्रयाक खोलिएको सडक सफाई गर्ने काम हुँदैछ,’ उनले भने, ‘तीन किलोमिटर भने ट्रयाक खोल्न बाँकी छ। चौडाई बढाउने, नाली निर्माण गर्ने, कालोपत्रे गर्ने काम पनि जारL
कैलालीमा १३ दशमलव ४ र डोटीमा ९ दशमलव ४ किलोमिटर कालोपत्रेका लागि गत वर्षको माघ अन्तिम साता ठेक्का भएको थियो। उक्त ठेक्कामा नाली निर्माणको काम पनि पूरा भएको छैन। चर्चा सुरु भएको १३ वर्ष बितिसक्दासमेत सडकको ट्रयाक खोल्न पनि बाँकी रहेपछि डोटीका जनता भने निराश छन्। २०६५ सालमा धनगढीका केही युवाहरुले विभिन्न संस्थाहरुको सहयोगमा खुटियादेखि दीपायल जोड्ने कडकको सर्भे गरेका थिए। धनगढी–डडेल्धुरा–डोटीको सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुत मार्गको रुपमा अगाडि बढाइएको छ।
उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै २०६६/०६७ बाट बजेटमा उक्त योजना समावेस गरेको थियो। त्यस यताका अधिकांश बजेटमा उक्त आयोजनाले स्थान पायो तर कामले भने गति लिन नसकेको हो। कहिले फास्ट ट्रयाक त कहिले सुरुङ मार्गको सपना देखाएर स्थानीयलाई झुक्याउने काम मात्रै भएको छ।

 

यो समाचार दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑