• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पर्यटकको पर्खाइमा बागलुङको बराह ताल

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका-२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।
२ फागुन, गलकोट । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यू आकारमा फैलिएको बराह ताल पर्यटकको पखाइमा छ । घना जङ्गलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ ।
ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका-२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवर्द्धन गर्न थालेको छ ।
धार्मिक महत्वसँगसमेत जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन । भौगोलिक जटिलता, घना जङ्गल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ ।सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको निकै फराकिलो बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवद्र्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् ।
विस्तारै तालको संरक्षण र प्रचारप्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला-२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए ।
‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवर्द्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ’, छन्त्यालले भने, ‘प्राकृतिकरुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’
फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ ।
तालमा हिउँदका समयमा सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बुढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माणसमेत गरिएको छ ।
गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
‘गाउँपालिकाको गुरुयोजनामा बराह तालका विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्’, अध्यक्ष बुढा मगरले भने, ‘पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रवद्र्धनात्मक कामसमेत गर्दै आएको छ पर्यटकको पर्खाइमा रहेको बराह तालमा कुनै दिन खचाखच पर्यटक भित्रिनेछन् ।’ तालको गहिराइ भने हालसम्म मापन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
धार्मिक महत्व बोकेको सो ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पुर्‍याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । खोलसबाङबाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पुर्‍याउन सके पर्यटक लैजान सहज हुने छन्त्यालको भनाइ छ ।
‘यो तालको मनमोह रुप र धार्मिक महत्व हामीले बुझाउन सकेनौँ, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ”, छन्त्यालले भने, ‘बागलुङकै आकर्षक तालका रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्र्याउनु हाम्रो मुख्य योजना छ ।’
 

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑