• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नियमित सरूवा कुरेकालाई छोडेर रातारात एसपी-डिएसपीको काज सरूवा

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन २प्रहरी प्रधान कार्यालय नियमित सरूवा रोकेर प्रहरी अधिकृतहरूको धमाधम ‘काज’ सरूवामा लागेको छ।

दुई दिनको फरकमा प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) र १० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको हो।

यसरी सरूवा निकाल्दा कार्यालय समयबाहिर, साँझबिहान र रातको समय प्रयोग गरिएको छ।काज सरूवालाई अतिआवश्यक पर्दा प्रहरी महानिरीक्षकले प्रयोग गर्ने ‘अस्त्र’को रूपमा प्रयोग गरिने गरिएको भए पनि मनपरी प्रयोग गर्न थालिएको हो।

शुक्रबार राति प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षकको सरूवा गरेको थियो। आइतबार राति फेरि प्रधान कार्यालयले १० जना प्रहरी नायब उपरीक्षकको काज सरूवा निकालेको छ।

प्रहरी उपरीक्षक सरूवामा महोत्तरी, चितवन र बर्दिया जिल्लाका प्रमुख फेरिएका थिए।डिएसपीहरूको सरूवामा रसुवा, रामेछाप जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। यस्तै, महानगरीय प्रहरी वृत्त सातदोबाटो र चापागाउँ वृत्तका प्रमुख फेरिएका छन्।

सुन तथा भन्सार तस्करीले चिनिएको र राजश्व अनुसन्धान विभागको सघन निगरानीमा रहेको रसुवामा डिएसपी कुलदीप चन्द पठाइएका छन्। शक्तिकेन्द्रको दबाबमा रसुवामा प्रमुख लैजाने गरिएको छ। यसरी गरिने काज सरूवालाई पछि नियमित सरूवाद्वारा ‘लगाम’ लगाइने गरिएको छ।

यसअघि पनि काज सरूवाको लहरले प्रहरी प्रधान कार्यालय निकै आलोचित बन्ने गरेको थियो। यस्तो सरूवा आवश्यकताका आधारमा भन्दा पनि आसेपासे, भनसुन र शक्तिकेन्द्रको सहारा लिएर गर्ने गरिएको आरोप प्रधान कार्यालयलाई छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यो सरूवा आवश्यकता र प्रक्रियासम्मत नै रहेको बताउँछन्।

‘कसैको समय पुगेको र सरूवा आवश्यक देखेर केही काज निकालिएको हो,’ उनले भने।

अहिले नियमित सरूवा नै कुरेर बसेका प्रहरी उपरीक्षकहरू धेरै छन्। महानगरीय अपराध महाशाखाका कृष्ण कोइराला, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका मनोज केसी, कपिलवस्तुका दानबहादुर कार्कीलगायत थुप्रै अधिकृतहरू नियमित सरूवा कुरेर बसेका छन्। नियमित सरूवा कुरेरै बसेका दर्जन बढी डिएसपीहरू छन्, जो नियमित सरूवा माग्दा पनि नपाएको गुनासो लिएर बसेका छन्।

प्रहरीमा लामो समय प्रशासनिक अनुभव बटुलेका पूर्वप्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीका अनुसार काजका दुई थरी पक्ष छन्।

कानुनी पक्षले काजलाई बर्जित नै गरेको छ। प्रहरी नियमावलीमा पनि कुनै पनि कर्मचारीलाई काजमा राखिने छ भनिएको छैन।

‘एक कार्यालयबाट अर्को कार्यालयमा काजमा खटाउने भनेको एउटा कार्यालयमा काम गर्ने, तलब सुविधा अर्को कार्यालयले खुवाउने, कार्यसम्पादन मूल्यांकनलगायत सबै हिसाबले काज गलत हो,’ रेग्मीले भने, ‘प्रहरी नियमावलीका सम्पूर्ण प्रावधानले काज रोकेको छ।’

रेग्मीका अनुसार कहिलेकाहीँ असामान्य परिस्थितिमा कानुनी छिद्र प्रयोग गरेर काज सरूवा गरिने गरिएको छ।

त्यो भनेको अति आवश्यक पर्दा र नगरी नहुने परिस्थितिमा हो। जस्तै, कार्यालय छ दरबन्दी छैन भने त्यहाँ काजमा खटाउन सकिन्छ। दोस्रो, विशेष आवश्यकता (रातारात परिवर्तन गर्नुपर्ने) जसले शान्ति सुरक्षामै असर गर्छ भने त्यस्तोमा प्रहरी महानिरीक्षकले ‘काज’ प्रयोग गर्न सक्छन्।

तेस्रो, विशेष अनुसन्धान गर्नुपर्ने (निर्मला पन्तको जस्तो घटना)मा प्रहरीलाई काजमा खटाएर काम लगाउन सकिन्छ।

‘यी बाहेक हुने काज कानुनी छिद्रबाट छिरेर राजनीतिक स्वार्थलाई ‘सर्भ’ गर्नका निम्ति हो,’ रेग्मीले भने।

यस्तो सरूवा चुनावको मुखमा बढी हुने गरेको रेग्मी बताउँछन्।

‘अहिलेको काज सरूवा चुनावलाई दृष्टिगत गरेर गरिएको सरुवा हो। चुनावी आचारसंहिता लागेपछि गर्न पाइँदैन, क्राइटेरिया मिट गर्दैन भने सुविधाका लागि पावर सेन्टरले चाहेका मान्छे पठाइएको हो, पछि त्यहीँ दरबन्दी बनाइन्छ,’ उनले भने, ‘यो गलत प्रवृत्ति र छिद्र प्रयोग गरी कानुनको दुरूपयोग हो।’

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार धेरैजसो काज राजनीतिक र व्यक्तिगत स्वार्थमा हुने गरेका छन्।

काज सरूवालाई नियमित सरूवाको ‘ब्याकडोर’बाट छिराइने गरिएको छ। ‘ब्याकडोरबाट हुने त्यस्तो सरूवाले संगठन र संगठन प्रमुखप्रति विश्वास हुँदैन, काज सरूवा एकदमै अपर्झट र सानो संख्यामा गर्ने हो,’ मल्लले भने।

काज सरूवा सम्बन्धित जिल्लाका प्रमुखलाई तुरून्तै हटाउनुपरेमा, न्यूनस्तरको कार्यसम्पादन देखिएमा प्रयोग गर्नुपर्नेमा अहिले नियमित सरूवाकै शैलीमा गरिने गरिएको र त्यो विकृति रहेको मल्ल बताउँछन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑