• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बजारिया वस्तु होइन प्रेम

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फाल्गुन २, २०७८अचेल प्रेम गर्न जान्ने हृदयको अभाव छ । स्वार्थ, प्रभाव, दबाब र भौतिक सुखसँग जोडेर गरिएको प्रेमले समस्या निम्त्याउँछ । भौतिकतामा गाँसिएको प्रेमले आत्मसन्तुष्टि दिन सक्दैन ।

संसारको गति प्रेममै निर्भर छ । प्रेमबिना मानिसका प्रयासहरु व्यर्थ छन् । प्रेमबिनाको जीवन एकाकी, नीरस, अर्थहीन र अधुरो हुन्छ ।

प्रेम आफैंमा गहन र जटिल विषय हो । प्रेमका सम्बन्धमा संसारभर विविध विचार र चिन्तन उपलब्ध छन् । अहिंसावादी विचार र ज्ञान प्रवाह गरेर मानव जातिमै पृथक प्रभाव छोडेका गौतम बुद्धले भनेका छन्, ‘अन्तत: केवल तीन कुराले महत्त्व राख्छन्– कति माया गर्‍यौ, कति विनम्र भइ जीवन बाँच्यौ र तिम्रो लागि नभएका कुराहरुप्रति कसरी अनुगृहित रहेर ज्ञान दियौ ।’ दलाइ लामाको भनाइ छ, ‘हिजो र भोलि, वर्षमा केवल यी दुई दिन केही गर्न सकिन्न । माया, विश्वास, कर्म र जिउनका लागि आज नै सबैभन्दा उपयुक्त दिन हो ।’ प्रेमलाई हृदयको सक्कली रुप मान्ने विलियम शेक्सपियरले लेखेका छन्, ‘मलाई माया गर या घृणा, दुवै मेरा पक्षमा छन् । तिमीले माया गर्‍यौ भने म सधैं तिम्रो हृदयमा हुनेछु र तिमीले घृणा गर्‍यौ भन म सधैं तिम्रो दिमागमा ।’ प्रेम कति विराट र व्यापक छ, यी भनाइबाट प्रस्ट हुन्छ ।

जीवन नबुझी प्रेमको महत्त्व बुझ्न सकिन्न । इज्जत, सद्भाव, विश्वास र समर्पणको अभावमा प्रेम देखावटी हुन्छ । प्रेम झाँगियोस् भन्नका लागि हृदयको आँगन उज्यालो हुनुपर्छ । प्रेमिल हृदयले अपराधको कल्पना गर्न सक्दैन । स्वार्थ, शारीरिक सुखभोग र भौतिकताको दास बनेर गरिने प्रेम केवल अभिनय हुन्छ । शारीरिक एवम् जैविक इच्छाको समाधानका निम्ति मानव समाजमा प्रचलित प्रेम त्यो प्यास मेट्ने क्रियाकलाप मात्र हो । सन्तानेच्छा प्रेम हो ? प्रेम बजारको खरिदयोग्य सामग्री हो ? मानव जातिले स्विकारेको र भोगिरहेको प्रेमका विषयमा अब सोच्न जरुरी छ ।

प्रेम विशिष्ट र अद्भूत विषय हो । शारीरिक सन्तुष्टिलाई प्रेमको परिधिभित्र राख्न खोज्नु भ्रम हो । मिलन जीवनको सामान्य पाटो होला तर पूर्णता हुनै सक्दैन । ओशोले प्रेममा प्राप्तिको अंश नरहने बताएका छन् ।

प्रेम हावा जस्तै हुन्छ, जसलाई अनुभूति गर्न त सकिन्छ तर देख्न सकिँदैन । हावाबिना प्राणी र वनस्पतिको सम्भावना नरहे जस्तै प्रेमबिना पनि जीवन अपूर्ण हुन्छ । एकअर्कामा समर्पित, हार्दिकतापूर्वक स्विकारिएको सम्बन्ध नै प्रेम हो । दु:खमा हात थाप्नु र सुखमा हृदय लगाउनु प्रेम हो । घामको झुल्को प्रेम हो । मनमा मन मिसिन सके प्रेम जीवन्त बन्छ । प्रेम फैलाउन जाने संसार आफ्नो हुन्छ । समर्पण, श्रद्धा र विश्वासमा प्रेम एकाकार हुन्छ । नि:स्वार्थताको उचाइमा र समर्पणको गहिराइमा प्रेम ढकमक्क फूल्छ ।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑