धनगढी । सुदूरपश्चिम प्रदेशसभाका प्रदेश प्रमुख माननीय देवराज जोशीज्यूले मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सुदूरपश्चिम प्रदेश शाखाको अवलोकन भ्रमण गर्नुभएको छ । यस क्रममा उहाँले आश्रमको संरक्षणमा रहेका ६० जना विभिन्न उमेरसमूहका सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई विहानको भोजन गराउनुभएको हो ।मानवसेवा आश्रम विगत १० बर्षदेखि सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलनको सेवाकार्यमा समर्पित रहँदै आएको छ । सुदुरपश्चिम प्रदेशमा मानवसेवा आश्रमको सेवा धनगढी उपमहानगरपालिका–५, तारानगरमा सञ्चालन हुँदै आएको छ ।यस मानवीय सेवामा साहित्यकार पदमराज जोशीज्यूले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको मानवसेवा आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकालले बताउनुभयो ।
“प्रदेश प्रमुखज्यू आश्रमको सेवा देखेर अत्यन्तै खुसी हुनुभएको छ । उहाँले आज विशेष समय निकाले विहानको भोजनको समयमा आउनुभएको थियो । उहाँकै हातबाट भोजन गराउने अवसर समेत प्राप्त भयो ।” ढकालले भन्नुभयो ।आश्रमको बारेमा धेरै थोरै सुनको र प्रत्यक्ष अवलोकन गर्दा सोचेको भन्दा पनि राम्रो भएको बताउनुभयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर