भारतीय अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा देखिने भएकी छन्।
द हिन्दुका अनुसार उनी अमेरिकन अभिनेता एन्थोनी म्याकीसँगै फिल्म ‘इन्डिङ थिङ्स’ मा मुख्य भूमिकामा देखिन लागेकी हुन्।
एन्थोनी मार्भल मुभिजको चर्चित श्रृंखला ‘एभेन्जर्स’ का मुख्य अभिनेता हुन्। उनी फाल्कनको भूमिका निर्वाह गर्दै आएका छन्।
प्रियंका र एन्थोनीको यो फिल्म थ्रिलर जनराको हो। ‘इन्डिङ थिङ्स’ केभिन सुल्लीभानले निर्देशन गर्दैछन्।
हलिउडमा संघर्ष गर्दै गरेकी प्रियंकाका लागि यो दोस्रो ठूलो फिल्म हो। यसअघि उनी ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो।
प्रियंकाको हलिउड प्रवेश सन् २०१५ मा रिलिज भएको सिरिज ‘क्वान्टिको’ बाट भएको थियो। उनको पहिलो हलिउड फिल्म भने सन् २०१७ मा रिलिज भएको ‘बेवाच’ हो।पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन्।
प्रियंका अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’ का साथै बलिउड फिल्म ‘जी ले जरा’ मा पनि देखिँदैछिन्।
उनी हालै छोरीकी आमा पनि बनेकी छन्। अमेरिकी गायक तथा अभिनेता निक जोनास र प्रियंकाले सरोगेसीमार्फत् सन्तान जन्माएका हुन्।
निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। यसपछि प्रियंका अमेरिका नै बस्दै आएकी छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर