• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 18, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ ।नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमानेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

चार वटै टिम ग्लोबल क्वालिफायर ए मा छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा तथा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी समूह ‘बी’ मा छन् ।

क्वालिफायरको आफ्नो पहिलो खेलमा पनि नेपालले ओमानसँग नै खेल्नेछ । त्यसैले क्वालिफायरअघि दुवै टिमलाई यो सिरिज एक्सपोजरको मौका हुनेछ । विशेषगरी नयाँ कप्तान युवा खेलाडी र केही नयाँ अनुहारसहित ओमान पुगेको नेपाली टोलीका लागि चार देशीय सिरिजको तीन खेल एक्सपोजर प्राप्त गर्ने हुनेछ ।

नयाँ कप्तान सन्दीप लामिछानेले यसै खेलबाट कप्तानीमा डेब्यू गर्दैछन् । उनी टी-२० अन्तर्राष्ट्रियमा कप्तानी गर्ने विश्वकै आठौं कान्छा कप्तान हुने छन् । सन्दीपले कप्तानीमा डेब्यू गर्दा २१ वर्ष १९३ दिनको हुनेछन् ।

यस्तै अधिकांश युवा खेलाडी रहेको नेपाली टिममा लोकेश बम, विवेक यादव र सागर ढकाल नयाँ अनुहारका रुपमा छन् । यी तीन खेलाडी डेब्युको पर्खाइमा छन् । सिरिजका लागि नेपाली टिममा १७ खेलाडी छन् । त्यसैले प्रशिक्षक पुबुदुले सकेसम्म यस सिरिजमा सबै खेलाडीलाई अवसर दिने र त्यसबाट ग्लोबल क्वालिफायरका लागि उत्कृष्ट टोली छान्ने बताइसकेका छन् ।

नेपालले गत सेप्टेम्बरमा ओमानमा गएर पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज र विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसपछि नेपालले ओमानमा फेरि खेल्न लागेको हो । यस्तै टी-२० तर्फ भने नेपालले बैशाखपछि पहिलो पटक खेल्दैछ । नेपाललले पछिल्लो पटक घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज खेल्दै उपाधि समेत जितेको थियो ।

नेपालले सन् २०१९ मा ओमानमै भएको पेन्टागुलर सिरिजमा ओमानसँग टी-२० म्याच खेलेको थियो । उक्त खेलमा नेपालले खराब ब्याटिङ गर्दा ओमानसँग पराजित भएको थियो ।दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित पोस्ट
  • विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम
  • बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव
  • प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • एमाले बाजुराले मनायो मदन भण्डारी र जिवराज आश्रित स्मृति दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम

    बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव

    प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    समाचार

    विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम

    बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव

    प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    एमाले बाजुराले मनायो मदन भण्डारी र जिवराज आश्रित स्मृति दिवस

    कविता-विलिन प्रेम

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑