राजेन्द्र बहादुर रोकाया,२७ माघ÷बाजुरा– त्रिवेणी नगरपालिकाको वडा नं ५ किम्नीकी जौलादेवी बि.क २० वर्ष ननाघेकी एक महिला थिईन् । २० वर्ष उमेर पुुग्दानपुुग्दै उनी दुुई सन्तानकी आमा बनिसकेकी हुन्छीन् । गत साउनमा दोस्रो सन्तानका रुपमा जौलाले कान्छी छोरी मेनुकाको जन्म दिईन् । मेनुका जन्मिएको १० दिनपछि जौलाले परधाम हुनुप¥यो।
गाउँको स्वास्थ्य चौकीमा सुविधायुक्त स्वास्थ्य उपचार नहुुनु। उपचारका लागि सुुविधायुक्त ठाउँमा पुु¥यान न त यातयात सुबिधा थियो । न घरमा स्याहार गर्ने मान्छे नै उनीसंग थिए । आर्थिक जोहो गर्न सक्ने अबस्था जौलादेबीसंग थियो । न त प्रदेशी पतिलाई छिटो घरमा बोलाउन उनको गाउँमा टेलिफोन सुविधा थियो ।
आखिर कही कतैबाट समयमा उपचार नपाए पछि सुत्केरी जौलाले अन्ततः देह त्याग गर्नु प¥यो । १० दिनकी नावालिका मेनुका भोकले औंला चुस्न थालिन् । म घरमा पुुग्दा जौला अचेत भैसकेकी थिईन् । सानी छोरी भोकले औंला चुसिरहेकी छिन् । म घर पुुगेको केही बेरैमै उनले देह त्याग गरिन् । मृतक जौलाका श्रीमान् मनोज विकले गहभरी आँसुु भक्कानिदै भने ।
“ गाउँमा शुविधायुक्त उपचार गराउन न त गाउँको स्वास्थ्य संस्था राम्रोे न त टेलिफोन ले साथ दियो । न किम्नी गाउँबाट गाडी चढ्ने सुविधा जौला संग थियो । उपचार गराउन जौलासंग आफन्त पनि कोही भेटिएनन् । “म” प्रदेश भएकै बेला उनले छोरी जन्माईन् । आफु विरामले थलापरिन् । घरमा स्याहार सुसारेको अभावमै जौलाको ज्यान गएको हो ” मृतक जौलाका श्रीमान मनोज विकले भने ।
बाल्यकलमै विवाह गरियो विहेको ऋण तिर्न कलिली मुना जौला र सानी छोरी अनि पेटको बच्चा छोडेर भारतमा डण्डा बजाउन गएको पिडा मनोजको छ । मृत्यकका श्रीमान विकका अनुसार श्रीमति हुदा आफु भारत गएर कमाउथ्ये र घर परिवार पाल्न सजिलो भएको थियो । अहिले श्रीमति म संगै भएको भए म भारत गएरै भएपनि छोरीलाई राम्रो स्कुलमा पढाउने धोको थियो । घरमा एक छाक टार्न समेत निकै समस्या हुने गरेको छ । श्रीमतिको मृत्युपछि दुई छोरी र आफ्नो लागी पेट पाल्न मात्रै दुई लाख रुपैंया ऋण लागेको विकले बताए । अव गाउँमा ऋण पत्याउने समेत रहेनन् छोरीलाई कसरी पाल्ने आफु कसरी पालिने जीवन गुजारा गर्न निकै समस्या भएको विकले भने । विकताकै कारण मेरो सुनौलो घरवार विहिन हुन पर्ने बाध्यता आईलाग्यो । सबै नागरिकले स्वस्थ र सम्मानजनक बाँच्न कहिले पाईएला । हामी गरिव भएकै कारण दोस्रो दर्जाको नागरिक भएका छौं विकले भने । अहिले विक गाउँमा कसैको काम गर्न जान्छन् । मनोजका छोरीको हेरविचार भने केही समय निकालेर मनोजकि आमाले स्याहार गर्न गरेकि छन् ।
। स्थानीय सरकार आएको झन्डै चार बर्ष बित्दैछ । स्थानीय सरकार आएपछिको आभाष जनताले गरेका छैनन् । गाउँमा जनताका पिडा यथावत् छन् । त्रिवेणी नगरपालिकाको वडा नम्बर ५ किम्निमा अहिले करिब ३५० घर परिवार बस्दै आएका छन् । किम्निबासीले फोन गर्नकै लागि अग्लो डाँडामा जानुपर्ने बाध्यता छ । वडामा ब्यबस्थित स्वास्थ्य चौकी समेत छैन् । गाउँमा शुलभ उपचार नपाएर ज्यान गुमाउनु परेको जौलाको यो त एक प्रतिनीधिमुलक घटना मात्र हो । बाजुराका अधिकांश ग्रामिण क्षेत्रका नागरिकले यस्तै सास्ती भोग्नुपरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर