• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 17, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

ए डिभिजन लिगमा च्यासललाई पुलिसले हरायो

खप्तड मालिका न्युज February 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२६ माघ, काठमाडौं । रविकुमार पासवानकाे दुई गाेलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दाेस्राे जित हात पारेकाे छ ।

दशरथ रंगशालामा भएकाे खेलमा रविले दुवै हाफमा एक-एक गाेल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गाेल फर्काए । च्यासलकाे १९ खेलाडीमा काेभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएकाे खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएकाे हाे ।

खेलकाे ३७ औं मिनेटमा निरकुमार राईकाे पासमा रविकुमार पासवानले गाेल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गाेल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्ताैलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गाेल गरेका हुन् ।

७० औं मिनेट रवि पासवानले व्यक्तिगत दाेस्राे गाेल गरेपछि पुलिसले पुन: अग्रता लियाे ।

त्यसपछि पनि च्यासलले खेल बराबरी गर्ने अवसर पाएपनि सदुपयाेग गर्न सकेन । च्यासलका अभिषेक लिम्बु दुई अवसरमा चुके । उनकाे एउटा प्रहार बारमा लागेकाे थियाे । यस्तै वैकल्पिक खेलाडी कर्ण लिम्बुले पनि गोलको एउटा अवसर गुमाए ।

लिगमा दाेस्राे जितपछि ९ खेलबाट १० अंक जाेडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशाैं स्थानमा उक्लेकाे छ ।
च्यासल भने याे हारपछि रेलिगेसनकाे दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आवश्यक ३ अंक जाेड्न सफल भएकाे बताए । ‘हामीलाई जसरी पनि ३ अंक चाहिन्थ्यो, त्याे ल्यायाैँ । पहिलाे हाफ राम्राे भयाे र गाेल पनि भयाे’ उनले भने ।

च्यासलका प्राविधिक निर्देशक (टेक्निकल डिरेक्टर) लेइघ मानसनले धेरै अवसर बनाएपनि गाेल गर्न नसक्दा हार बेहाेर्नुपरेकाे बताए । ‘हामी निराश छाैँ । किनकी दाेस्राे हाफमा राम्राे खेल्याैं, धेरै अवसर बनायाैं । तर गाेल गर्न सकेनाैं । धेरै खेलमा हामीले प्रतिस्पर्धात्मक खेलेका छाैं । तर गाेलमा भाग्य देखिराकाे छैन मानसनले भने ।

मानसनले बाँकी ४ खेलमा राम्राे प्रदर्शन गर्दै ए डिभिजनमै रहन प्रयास गर्ने र त्याे सम्भावना अझै रहेको बताए । बुधबारको खेलपछि लिगका नवाैँ चरणका खेलहरु सकिएका छन् । आगामी शुक्रबारदेखि दशाैँ चरणका खेलहरु हुनेछन् ।

सम्बन्धित पोस्ट
  • विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम
  • बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव
  • प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • एमाले बाजुराले मनायो मदन भण्डारी र जिवराज आश्रित स्मृति दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम

    बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव

    प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    समाचार

    विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम

    बाजुराको समष्टिगत विकासमा “गौरवका योजना” लागू गराउन एमाले बाजुराको सुझाव

    प्रभु महालक्ष्मी लाईफ ईन्सोरेन्स बाजुराको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    एमाले बाजुराले मनायो मदन भण्डारी र जिवराज आश्रित स्मृति दिवस

    कविता-विलिन प्रेम

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑