• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिममा ऐनविपरीत निजी स्वास्थ्य संस्था खोल्न अनुमति

खप्तड मालिका न्युज February 9, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिममा प्रदेश सरकारले जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा १ मा सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटर वरपर निजी व्यवसाय गर्ने स्वास्थ्य संस्थालाई अनुमति दिन नपाइने भनेको छ। सोही ऐनको उपदफा २ मा भने यो कार्यान्वयनका लागि ६ महिनाभित्र मापदण्ड बनाउने प्रष्ट रुपमा उल्लेख छ। तर प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत बन्ने उक्त मापदण्ड अझै तयार भएको छैन। देशका अन्य प्रदेशले आफ्नै ऐन तथा मापदण्ड बनाएर कार्यान्वयन गरिसक्दा पनि सुदूरपश्चिम सरकार त्यस विषयमा उदासीन देखिएको छ।

विज्ञापनयता स्वास्थ्य कार्यालयहरुले भने प्रदेश सरकारले नै बनाएको ऐन विपरीत धमाधम निजी संस्थालाई अनुमति दिइरहेका छन्। स्वास्थ्य कार्यालय कैलालीले मात्र पछिल्लोपटक गत मंसिरमा सेती अस्पताल छेउमा क्लिनिक सञ्चालनको अनुमति दिएको छ। यस्तै स्थानीय तहले पनि अधिकांश निजी स्वास्थ्य संस्थालाई उक्त ऐनको धज्जी उडाउँदै अनुमति दिएका छन्। स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले मापदण्ड नबनाउँदा संघीय ऐन अनुसार अनुमति दिएको दाबी गरेको छ। कार्यालयका सूचना अधिकारी योगेन्द्र प्रसाद ओझा भन्छन्, ‘प्रदेश सरकारबाट त्यो मापदण्ड निर्माणकै चरणमा छ। हामीले संघीय सरकारकै मापदण्ड अनुसार अनुमति दिँदै छौं।’

सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटर वरपर निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाउने ऐन बनाउँदा पनि सरकारले बदमासी गरेको देखिएको छ। सुरुवातमा ५ सय मिटर कायम गरेको सरकारले ऐन पारित गर्दा केही निजी अस्पताल संञ्चालकसँगको मिलेमतोमा घटाएर ३ मिटर कायम गरेको थियो। अहिले पनि निजी संस्थालाई बचाउनकै लागि उक्त मापदण्ड बनाउन ढिलाई भइरहेको बताइएको छ। तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले भने त्यसको काम अन्तिम चरणमा पुगेको बताए। ‘ड्राफ्ट तयार भएको छ। केही सरोकारवालासँगको छलफलपछि मापदण्डले पूर्णता पाउँछ। त्यसपछि कार्यान्वयन हुन्छ’ उनले भने।

अहिले प्रदेशका अधिकांश स्थानीय तहले पनि आफू अनुकुल निजी स्वास्थ्य संस्थालाई अनुमति दिँदै आएका छन्। तर मापदण्ड पूरा भएको/नभएको बारे अनुगमन हुने गरेको छैन।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑