• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

खप्तड मालिका न्युज February 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ२६ माघ २०७८ संस्कृतिविद् सत्यमोहन जोशी ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका छन्। मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो।१०२ वर्षीय जोशीलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा अक्सिजन लेभल घटेपछि कोभिड–१९ को आशंकामा स्वाब संकलन गरी परीक्षण गर्न पठाएका छौं,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भने, ‘निमोनियाको संक्रमण देखिएको हुँदा एन्टिबायोटिक चलाएर उपचार गरिरहेका छौं। हाल उहाँ मेडिसिन विभागका चिकित्सकको निगरानीमा हुनुहुन्छ। तत्काल उहाँको स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था छैन।’
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २६ गते उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोलीले उपचार गरेर उनलाई ११ दिनमा डिस्चार्ज गरेको थियो।प्रेसर, सुगर र दमजस्ता रोग नभएका उनको त्यस बेला सिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। किस्ट अस्पतालले नेपाली समाजमा पुर्‍याएको योगदानको कदर गर्दै जोशी र उनकी श्रीमतीको सम्मानस्वरुप निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्ने निर्णय २०७६ सालमा गरेको थियो।पछिल्लो समय प्रत्येक महिना चिकित्सकको टोली जोशीको निवास पुगेर स्वास्थ्य जाँच गर्दै आएको थियो। सोही क्रममा उनलाई छातीमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। जोशी दम्पतीले गत वर्ष मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए। जोशीको मुहार अंकित १० रुपैयाँको हुलाक टिकट र नेपाल राष्ट्रबैंक टक्सार महाशाखाबाट उनको तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑