
बाजुरा– नेपाल विद्यार्थी संघले दुई साता अघि बुझाएको ज्ञापनपत्र हेर्न खोज्दा नभेटिएपछि क्याम्पस प्रमुख र ने.बि.संघका विद्यार्थी बिच भनाभन भएको छ । ज्ञापनपत्र बुझाएको दुई साता पछि पनि क्याम्पस प्रशासनले वेवास्था गरेको भन्दै नपाल बिद्यार्थी संघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहको नेतृत्वमा मंगलबार क्याम्पस प्रमुख संग छलफल गर्न क्याम्पसमै पुगेका थिए । ज्ञापनपत्रमा भएका कुराहरुको के हुन्छ कहिलेसम्म हाम्रो मागको सम्बोधन हुन्छ भनेर नेबिसंघका विद्यार्थीले क्याम्पस प्रमुखलाई प्रश्न गर्दा क्याम्पस प्रमुखले तत्काल केहि कुराको पनि सम्बोधन गर्न नसकिने बताएका थिए । क्याम्पसमा अध्यानरत विद्यार्थीको हकहितका लागी बुझाएको ज्ञापनपत्रको वेवास्था गरीनुले सिंगो क्याम्पसलाई घाटा हुने नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहले बताए । विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र समेत अफिसियल रुपमा फायल नगरीनुले क्याम्पसमा अध्यानरत समग्र विद्यार्थीको जिवन माथि खेलवाड भएको सभापति सिंहले बताएका छन् । क्याम्पस कोरोनाका कारण बन्द भएको बाहान गर्दै क्याम्पस प्रमुखले विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रको वेवास्था गरीदै गएको बताए । हामिले राखेका मागको छलफल गरौं भन्दा तपाईहरुको ज्ञापनपत्र अहिले म संग छैन् भन्दै विद्यार्थीहरुलाई अरु कुरामा झुलाएको सभापति सिंहको भनाई छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर