• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कंचनपुर

कञ्चनपुरमा मातृशिशु मृत्युदर घटाउन घर-घरमा स्वास्थ्यकर्मी परिचालन

खप्तड मालिका न्युज February 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कञ्चनपुर – मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै ९घरभेट० गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ। प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन्। प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।

“प्रसूति भएको २४ घण्टाभित्रै पहिलो जाँच स्वास्थ्य संस्थामै हुन्छ”, उनले भने, “दोस्रो जाँच तीन दिनमा र तेस्रो जाँच सात दिनमा गरिन्छ।” दोस्रो र तेस्रो जाँच स्वास्थ्यकर्मी प्रसूति भएका महिलाको घरमै पुगेर गर्दै आएका छन्। घरमै पुग्ने स्वास्थ्यकर्मीले प्रसूति भएका आमा तथा नवजात शिशुको शारीरिक जाँच गर्ने, जटिल अवस्था पत्ता लगाउने, उपचारका लागि पठाउनुपर्ने भए तुरुन्तै नजिकैको बृहत् वा आकस्मिक प्रसूति सेवा भएको अस्पतालमा पठाउने गरिएको छ। “घर भेटमा जाँदा स्वास्थ्यकर्मीलाई घर भेट झोला तयार गर्न भन्छौँ”, शाखा प्रमुख भट्टले भने, “झोलामा आमा र नवजात शिशुको शारीरिक जाँचका लागि नभई नहुने औजार तथा उपकरण र आवश्यक औषधि राख्न लगाउछौँ । कम्तीमा रक्तचाप तथा ज्वरो नाप्ने उपकरण, पञ्जा, पाठेघरको उचाई नाप्ने टेप, टर्चलाइट, ड्रेसिङ सेट, बेटाडिनजस्ता औषधि राख्न लगाई स्वास्थ्यकर्मीलाई पठाउने गरिएको छ।”

प्रसूति भएका आमाको जाँचमा गुप्ताङ्गबाट अत्यधिक रगत बगे नबगेको, नाडीको गति, तापक्रम, रक्तचाप, रक्तअल्पता, रक्तश्राव, स्तनको जाँच, अनुहार र हात सुन्निए या नसुन्निएको अवस्था, पाठेघरको कडापन र खुम्च्याइ, गुप्ताङ्ग च्यातिएर रगत बगेको वा सुन्निएको अवस्था र आमाले सजिलोसँग पिसाव फेर्न सके वा नसकेको बारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन्। अत्यधिक रक्तश्राव भएको वा अन्य खतराका लक्षण रहेको पाइए स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरिएको छ। नवजात शिशुको रङ्ग, चाल र रुवाइको मूल्याङ्कन गर्ने, श्वासप्रश्वास जाँच गर्ने खुट्टा र पेटमा छामेर बच्चाको तापक्रम हेर्ने, नाभीमा रगत बगिरहेको र सङ्क्रमण भए नभएको हेर्ने, छालामा पिप जमेको वा खटिरा भए नभएको जाँच गर्ने, निधार, पेट, हत्केला र पैतलामा जडिन्सको सङ्केत भए नभउएकोे जाँच गर्ने, राम्ररी दूध चसेको, दिसापिसाव गरे नगरेको, नाभी मलम लगाएको वा नलगाएकोबारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन्।

प्रसूतिपछि महिलामा रक्तश्राव हुने कार्यसँगै शिशुमा पनि निमोनियलगायत रोगको सङ्क्रमणसमेत देखिने गरेकाले त्यसबारे सजगता अपनाउनका लागि स्वास्थ्यकर्मी खटाउने गरिएको उनको भनाइ थियो। प्रसूति भएका महिलालाई पोषिलो खाने कुरा खुवाउने, शिशुलाई स्तनपान गराउने तरिकाबारे पनि जानकारी दिने गरिएकोे छ । गत पुस महिनादेखि प्रसूति भएका महिलाका घरमा स्वास्थ्यकर्मी खटाउने कार्यक्रम सुरु गरिएको हो। हालसम्म नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत स्वास्थ्य संस्थामा प्रसूति भएका ४३ र अन्य स्वास्थ्य संस्थामा प्रसूति भएका १० महिलाको घरमा पुगेर स्वास्थ्यकर्मीले जाँच गरिरहेको सिनियर अहेब हरिनाथले बताए। उनका अनुसार प्रसूति भएका महिलाको घरमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाबाट एक भेटमा रु ३०० यातायात खर्चबापत रकमसमेत उपलब्ध गराउँदै आइएको छ। एक सर्भेक्षणअनुसार प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको र जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर निकै उच्च रहेको छ।

स्वास्थ्य संस्थामा जन्मनेभन्दा घरमै जन्मने शिशुमा विभिन्न सङ्क्रमणका कारण मृत्यु हुने दर बढी रहेको छ। सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नका लागि मातृ मृत्युदर ७० र नवजात शिशु मृत्युदर १२ मा झार्ने सरकारको योजना छ। सोही योजनाअनुसार स्थानीय तहले प्रसूति हुने महिलाको घर भेट कार्यक्रमलाई अगाडि बढाउँदै आएका हुन्।
यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑