
धनगढी – सेती लोकमार्गको कैलाली खण्डमा दुई वटा पक्की पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। लोकमार्गअन्तर्गत काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको हो।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आइतबार टेन्डर आह्वान गरेको छ। एक महिना समय अवधि राखेर टेन्डर आह्वान गरेको र त्यस लगत्तै निर्माण व्यवसायी छनोट गरी पुल निर्माणको काम अघि बढाउने मन्त्रालयले जनाएको छ।
सेती लोकमार्ग सुदूरपश्चिमको गौरवको आयोजना छ। तर लामो समयदेखि सडक निर्माणले गति लिएको छैन। सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघिदेखि नै चलेको भए पनि अहिलेसम्म अपेक्षाअनुसार कामले गति लिन नसक्नुमा सरोकारवालाको कमजोरी रहेको स्थानीयको भनाई छ । २०७२ भदौ ३१ गतेको सरकारको निर्णयानुसार सेती लोकमार्ग सडक योजना अछाममा स्थापना भएको थियो।
कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म सेती लोकमार्गको लम्बाइ २ सय ४२ किलोमिटर रहेको योजना कार्यालयले जनाएको छ। जसमा उत्तरी खण्डको लम्बाइ १ सय १० किलोमिटर छ। सन २०१२ मा आयोजनाको डीपीआर तयार भएको थियो। आयोजनाले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ। टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ।
टीकापुर–खप्तड छान्ना गाउँपालिका ९बझाङ० र खप्तड छान्ना गाउँपालिका ९बझाङ०–ताक्लाकोट गरी आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ। सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ।
यो समाचार आजको दिनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर