
मिति : १९ माघ २०७८काठमाडौको सामाखुसीस्थीत ट्रिपल स्टार मेनपावरमा यही २०७८ साल माघ १८ गते सञ्चारकर्मीमाथी भएको कुटपिटको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु सञ्चार माध्यमको प्रमुख धर्म नै हो । त्यही धर्म निभाउदा प्रक्रिया र तरिका मिलेको छैन भने कानुनी उपचारको बाटो छ । तर भौतिक आक्रमणमा उत्रिनु कुनैपनि हालतमा सही मान्न सकिदैन ।
त्यसैले मेनपावर व्यवसायी र उनका समर्थकहरुले सञ्चारकर्मी र मेनपावर व्यवसायीबाट पिडितहरुमाथी गरेको कुटपिट अत्यन्त निन्दनीय छ । घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र पिडितहरुलाई क्षतीपुर्तिको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौ । संघको तर्फबाट घटनाका बारेमा अध्ययन गरी दोषीलाई कारबाही गराउन, पिडितलाई क्षतीपुर्ति दिलाउन र आवश्यक कार्य गर्नका लागि उपाध्यक्ष कुशलव केसीको संयोजकत्वमा टोली खटाइएको पनि जानकारी गराइन्छ ।
कुटपिटबाट घाइते भएका ३४ वर्षीय दीपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवालाहरुसँग माग गर्दै यस्ता घटनाको सामनाका लागि एकजुट हुन यस क्षेत्रमा क्रियाशिल सवै सञ्चारकर्मी साथीहलाई अनुरोध छ । महासचिव पवन फुयालद्वारा हस्ताक्षरित विग्यप्तिमा भनिएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर