• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

एमसीसीबारे सभामुखको अडान : बजेट जसरी होहल्लाका बीच पास हुँदैन

खप्तड मालिका न्युज February 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१९ माघ, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् ।

भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् ।

तर, सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन भन्ने गरेका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै अनलाइनखबरसँग भने, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।’

एमसीसीको विषयमा सर्वपक्षीय सहमति हुनुपर्नेमा सभामुखको जोड रहँदै आएको छ । होहल्लाका बीच एमसीसी पास गर्ने तयारी भए आफ्नो साथ नरहने सभामुखले प्रष्ट भन्ने गरेका छन् । ‘नाराबाजी भइरहने र एमसीसी पास गर्ने भन्ने हुन्न । संसदमा भ्याकुम भएर बजेट पास गरे जस्तो एमसीसी पास हुन्न,’ सभामुखको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले छलफलहरुमा मुख्य गरी तीनवटा विषय राख्ने गरेका छन्, पहिलो– एमसीसीमा राष्ट्रिय सहमति, दोस्रो– एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र तेस्रो– संसदको अवरोध अन्त्य । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पास गराउन प्रक्रिया अघि बढाउने तयारीमा छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संसदमा अवरोध जारी राखेको छ । त्यसैले पहिले संसद खुलाउनुपर्ने हुन्छ । संसद खुलाउने विषयमा यसअघि प्रधानमन्त्री र सभामुखले छुट्टाछुट्टै छलफल आयोजना गरे पनि एमाले अनुपस्थित हुने गरेकाले सहमति जुटेको छैन ।

एमसीसीको विषयमा बाहिर बहस धेरै भए पनि संसदमा प्रवेश गरेको छैन । त्यसैले संसदको अवरोध खुलाउनुपर्नेमा सभामुखको जोड छ । केही दिन अगाडि सभामुखसँग छलफल गरेका संसदीय कानुनका एकजना जानकारले सापकोटाको भनाइ उद्धृत गर्दै भने– नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषयमा प्रश्नहरु उठेका छन् त्यसको जवाफ दिने संसद हुन पर्दैन ? यसमा दलहरु सहमत हुनुपर्दैन ? संसद खोल्नु पर्दैन ?एमसीसीका विषयमा दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखको भनाइ रहेको उनले बताए ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑