
११ माघ, काठमाडौं । चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन शुरु गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहने चलचित्रको छायांकन सोमबारदेखि पर्वतमा शुरु गरिएको हो । छायांकन अगाडि चलचित्रको शुभ-मुहूर्त समेत गरिएको थियो ।
अहिले यो चलचित्रको पर्वतको भुक देउरालीमा छायांकन भइरहेको छ । अभिनेता जितु नेपालले शुभमुहूर्त र सुटिङको तयारीका लागि मेकअप गर्दै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।अभिनेता जितुले यो रोमान्टिक पारिवारिक चलचित्र भएको बताए । चलचित्रका निर्देशक डा. कपिल रिजाल हुन् । उनी यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
छायांकनका लागि जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार यतिबेला पर्वतमा छन् । अभिनेत्री सामाज्ञी भने केही दिनमा मात्र त्यहाँ पुग्ने बताइएको छ । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चलचित्रको छायांकन भइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा जितु र साम्राज्ञी प्रेमी-प्रेमीकाको भूमिकामा देखिने बुझिएको छ । चलचित्रलाई सुदीप बरालले खिचिरहेका छन्
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर