• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

खप्तड मालिका न्युज January 28, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् ।

उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही आपत्तिजनक शब्द समावेश गरेका छन् । गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने बताएका छन् । उनले गीतमा केही सुन्न नसकिने शब्दहरु समेत समावेश गरेका छन् ।

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । उनी म्युजिक भिडियोदेखि स्टेज कार्यक्रममा निकै व्यस्त मानिन्छन् ।

तर आफूले सिर्जना गरेका र गाएका गीतका कारण उनी हरेकपटकजसो विवादमा पर्ने गरेका छन् । ‘बीच्च बीच्चमा’को थेगोमा दुर्गेशले दुई वर्षअघि चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत गाएका थिए । जुन गीतको प्रयोग भएको एउटा लाइनका कारण उनी आलोचित बन्नुपरेको थियो ।

तिहार गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो । गीतमा प्रयोग भएका शब्दहरुको निकै आलोचना भएको थियो ।

गीतका शब्दहरुलाई लिएर जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई प्रहरीले बोलाएको थियो । पछि प्रहरी कार्यालयबाटै उनले गीत युट्युबाट हटाएका थिए । उनले विवादित शब्द ‘म्युट’ गरेर उक्त गीत फेरि अपलोड गरेका थिए ।

गत वर्ष उनले तीजलक्षित गीत ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ सार्वजनिक गरेका थिए । यी दुवै गीतबाट उनको आलोचना भएको थियो । ‘बीच्च बीच्चमा २’को अन्तराको दुई लाइन उनले एउटा पुरानो गीतबाट हुबहु चोरेका थिए । ‘बीच्च बीच्चमा ३’मा भने उनी भिडियोका कारण आलोचित बने । भिडियोमा उनीसहित अन्य कलाकारहरु साडी लगाएर प्रस्तुत छन् ।

गत वर्ष नै उनी एक टेलिभिजन अन्तर्वार्ताका कारण आलोचित बने । प्रस्तोताले दुर्गेशलाई स्वरसम्राट नारायणगोपाललाई सम्झेर एउटा गीत गाउन आग्रह गर्दा उनले भक्तराज आचार्यको गीत गाउँछन् । यति मात्र नभई अन्तवार्तामा दुर्गेशले यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाउँछन् । यसरी गीत चिन्न नसक्दा दुर्गेशको संगीतप्रतिको कमजोर ज्ञानलाई लिएर निकै आलोचना भएको थियो । धेरै ट्रोल समेत बनेका थिए ।

यस वर्ष उनले ल्याएको तीजगीत ‘बीच्च बीच्चमा २-ख्यास्स पुतली’को त सार्वजनिक नहुँदै आलोचना भएको थियो । गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्दलाई लिएर निकै आलोचना भएको थियो । उक्त शब्दले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोप लागेको थियो ।

उसो त गीत ल्याउने तयारीमा रहेको जानकारी पाएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले उनलाई आपत्तिजनक शब्दहरु फेरबदल गरी गीत ल्याउन आग्रह गर्दै ध्यानाकर्षण पत्र काटेको थियो । तर उनले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै शब्द फेरबदल नगरी उक्त गीत सार्वजनिक गरेका थिए । पछि प्रतिष्ठानले उनलाई संस्थामा साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गर्‍यो ।

यसरी गीतका कारण बेलाबेला आलोचित बनिरहेका दुर्गेशले आफ्नो पछिल्लो गीत ‘पैसा’मा द्विअर्थी र आपत्तिजनक शब्दहरु समावेश गरेका हुन् । गीत सार्वजनिक भएसँगै कलाकारहरुले फेरि उनको आलोचना गरिरहेका छन् । यस्ता गीतले समग्र सांगीतिक क्षेत्रलाई नै असर गर्ने संगीतकर्मीहरु बताउँछन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑