बाजुरा \ मानदेव रोकाया – जिल्लाको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता प्रेमबहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको हो ।
थापालाई नगर कार्य पालिकाको निर्णय पुस्तिका च्यातेको र कर्मचारी प्रशासन तथा जनप्रतिनिधी माथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले बताएका छन् ।
उनका अनुसार प्रहरीमा वडा नम्वर ७ का अध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा उजुरी दिइएको बताए । विष्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुई जनाको नाममा उजुरी छ, एक जना मात्र प्रक्राउ गरिएको र एक जनाको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।
माघ १० गते को कार्यपालिका बैठकको निर्णय दिन थापा र विष्ट सहीत ६ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह सहितलाई धम्की दिएको स्रोतको दाबी छ ।
नगर प्रमुख रामसिंह रावलले एकलौटी निर्णय गरेको आरोपमा ६ जना वडा अध्यक्षले ११ गते कार्यालयमा तालाबन्दी सहीत विज्ञप्ती जारी गरेका थिए । त्रिवेणी नगरपालिकाका नगर प्रमुख हाल नेपाली काँग्रेस बाजुराका सभापति पनि हुन् ।
प्रक्राउ परेका थापा र प्रहरीले खोजी जारी राखेका विष्ट पनि काँग्रेसबाटै जितेका वडा अध्यक्ष हुन् । नगर प्रमुख रावल पौडेलपक्षबाट पाटी सभापतिको चुनाव जितेका हुन् । भने विष्ट र थापा देउवा पक्षका हुन् । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासदमा राखिएको छ ।त्रिवेणी नगरपालिकाका स्थानीय तह निर्वाचनको केही समय पछि देखि नै विवाद र तालाबन्दीको श्रृखला सुरु भएको हो । यस बारे नगरपालिकाले भने उजुरी दिएकोले आफूहरुले कुनै प्रतिक्रिया नदिने बताएको छ ।
नगरपालिकाले निष्पक्ष छानवीन र गल्ती गर्नेलाई कारवाहीको माग गरेको छ । सिंगो बहुमत कार्यपालिका रहेको र एउटैपार्टीका नगर प्रमुख उपप्रमुख सहीत रहेको पालिकामा प्रहरीमा उजुरी दिनेसम्मको विवाद पहिलो पटक देखिएको हो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर