• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

वेष्ट इण्डिजलाई इंग्ल्याण्डले १ रनले हरायो

खप्तड मालिका न्युज January 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वेष्ट इण्डिजविरूद्धको दोस्रो ट्वान्टी–२० खेलमा इङ्ल्याण्डले १ रनको रोमाञ्चक जित निकालेको छ।

यो सँगै पाँच ट्वान्टी–२० शृंखलाका लागि वेष्टइन्डिज भ्रमणमा रहेको इङ्ल्याण्डले शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ।

इङ्ल्याण्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १ सय ७० रनमा समेटिएको थियो।निकै खराब सुरूआत गरेको वेष्टइन्डिज एक समय १५.१ ओभरमा ९८–८ को स्थितिमा थियो। हार नजिक रहेको वेष्टइन्डिजका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोमारियो शेफर्डलाई साथ दिन दशौं नम्बरका अकिल हुसेन क्रिजमा आए। उनीहरूले २९ बलमा ७२ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए।

अन्तिम ओभर बाँकी रहँदा वेष्टइण्डिज १४२ रनमा थियो। उसलाई खेल जित्नका लागि ३० रनको आवश्यकता थियो। हातमा २ विकेट थियो। इंग्ल्याण्डका बलर साकिव मोहम्मदले अन्तिम ओभर बलिङ गर्न लागेका थिए।

अघिल्ला ३ ओभरमा १७ रन खर्चिएका उनले अन्तिम ओभरको पहिलो बल नै उनले वाइड फाले। अर्को बलमा रन लिन दिएनन्। त्यसपछिका दुई बलमा हुसेनले लगातार चौका प्रहार गर त्यसपछि केही दवावमा देखिएका साकिवले अर्को बल वाइड फाले। त्यसपछिका तीन बलमा हुसेनले लगातार छक्का प्रहार गर्दै एकै ओभरमा २८ रन जोड्दै सानदार इनिङ्स खेले।

अन्तिम ओभरमा २८ रन जोडे पनि वेष्टइण्डिजलाई जितका लागि पर्याप्त रहेन। हुसेनले मात्र १६ बलमा ४४ रन जोडे भने २८ बल खेलेका सेफर्डले समान ४४ रन बनाए।

त्यसअघि निकोलास पुरन २४, ब्राभो २३ र फाबिन आलेनले १२ रन बनाएका थिए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ३ तथा आदिल रासिदले २ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल बनाएको थियो।

उसका लागि ओपनर जेसन रोयले सर्वाधिक ४५ रन बनाए। मोइन अली ३१, क्रिस जोर्डन २७ र टम ब्यान्टनले २५ रनको योगदान दिए।

जेसन होल्डर र फाबिन आलेनले समान २-२ विकेट लिए।

पहिलो खेलमा ९ विकेटले हार व्यहोरेको इंग्लिस टिमले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकालेको हो।

यो रोमाञ्चक जितसँगै ५ खेलको टि-२० सिरिज १-१ को बराबरीमा पुगेको छ। अब तेस्रो खेल बिहिबार हुनेछ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑