बाजुरा– जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट जडान गरिएको छ। जडान भएपछि प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन्। अस्पतालले असारमा नै प्लान्ट जडान गर्ने योजना बनाएको भएपनि बर्सातका कारण सामान ढुवानीमा समस्या आएकाले अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको उनले बताए।
अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख र संघीय सरकारको ७५ लाख गरी एक करोड ५५ लाखमा बजेट आएको थियो। जिल्लामा अक्सिजन प्लान्ट नहुँदा धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारमा ठूलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर