चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिए। नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर