• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिममा लोकसेवाकाे विज्ञापन खोल्न फेरि ढिलाई हुने, कारण यस्तो

खप्तड मालिका न्युज January 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोगको विज्ञापन गर्न प्रदेश सरकारले सक्रियता देखाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात ओएनएमको प्रक्रिया टुङ्ग्याएर लोक सेवाको विज्ञापन खोल्न प्रदेश सरकारले सक्रियता देखाएको हो। प्रदेशको ओएनएमबारे टुङ्गो लगाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा एक कार्यदल गठन गरेर कार्यविधि बनाउने काम भइरहेको बताइएको छ। कार्यदलले तीन महिनाभित्र कार्यविधि तयार गरेर ओएनएम सम्बन्धी काम गरिने बताएको छ।
सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात ओएनएम नगरेको कारण लोकसेवा आयोगले विज्ञापन गर्न सकेको थिएन। तर सुदूरपश्चिम सरकार मातहतका मन्त्रालय, निकाय तथा कार्यालय र स्थानीय तहमा स्वीकृत दरबन्दीको झण्डै ५० प्रतिशत पद रिक्त हुँदा सरकारको कार्य सम्पादन नै प्रभावित भएको बताइने गरेको छ। अन्य प्रदेशमा प्रदेश लोकसेवा आयोगले कर्मचारी समायोजन ऐन २०७५ अनुसार रिक्त दरबन्दीमा पदपूर्तिका गरेको भए पनि सुदूरपश्चिम प्रदेशमा कर्मचारी व्यवस्थापन सर्वेक्षण नगरिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञापनका लागि माग आकृति फाराम भर्न नसकेको बताउदै आएको थियो। तर प्रदेश सरकारले कर्मचारी व्यवस्थापन सर्वेक्षण(ओएनएम) का लागि कार्यविधि बनाउने काम गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव ढुण्डीप्रसाद निरौलाले दिनेशखबरलाई बताए। ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न कार्यदल बनेको छ। मन्त्रालयगत छलफल गरेर कार्यविधिबारे टुङ्गो लगाइने छ’ उनले भने।
मुख्यमन्त्री कार्यालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले लोकसेवाको विज्ञापन खोल्न कर्मचारी व्यवस्थापन सर्वेक्षणका लागि कम्तीमा एक महिना र बढीमा तीन महिना लाग्ने जनाएको छ। उनले भने, ‘कार्यविधि बनेपछि त ओएनएम सहजै बन्छ नि। सबै कुराको व्यवस्थापन मिलेपछि चाँडोमा एक महिना र ढिलोमा तीन महिनाभित्र सबै काम सकिन्छ।’
सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी अभाव भएको कारण सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको बताउने गरेको छ। लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गर्न प्रदेश सरकारले कुनै काम गर्न नसकेको आरोप लोकसेवाको तयारीमा रहेका युवाले लगाउँदै आएका छन्।
प्रदेश लोकसेवा आयोगले भने लोकसेवा खोल्न बाधक देखिएका ओएनएम, प्रदेश तथा स्थानीय तहका कर्मचारी दर्ता किताब खानाको सञ्चालन र माग आकृति फाराम भरेर आउने बित्तिकै विभिन्न पदको विज्ञापन गर्ने जनाएको छ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑