• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 29, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आजको राशिफल – Aajako Rashifal

खप्तड मालिका न्युज January 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२०७८ पुस ३० गते, शुक्रवार, १४ जनवरी २०२२। पौष शुक्लपक्ष, द्वादशी तिथि। रोहिणी नक्षत्र। चन्द्रराशि– वृष।
मेष 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

वृष 
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

कर्कट 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। सामाजिक जिम्मेवारी बढ्नेछ। तर अरूका लागि बुद्धि खर्चनुपर्नेछ। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती पार लगाउन सफल भइनेछ। नयाँ काम सुरु हुनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

तुला 
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न बोली–व्यवहारमा सजग रहनुपर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरका साथै चुनौतीसमेत देखा पर्नेछन्। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य(समस्याले काममा बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। काम थाल्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। परिस्थितिवश नियमित काम अधुरो रहला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ।

मीन 
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति रहनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्ने सम्भावना छ। अवसर आए पनि मौकामा सहयोगी नजुट्दा कम उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा केही अवसर भने प्राप्त हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर हुने समय छ। प्रतिस्पर्धीहरू अगाडि उभिनेछन्। योजनाहरू गोप्य राखेर काम गर्नुपर्ला।

सम्बन्धित पोस्ट
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
  • कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    समाचार

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

    कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑