
पाेैष २२ : गते हुन गईरहेकाे प्रेस चाैतारी बाजुराकाे बलियाे अध्यक्षकाे उम्मेदवार लक्ष्मीराज पाध्याय रहेका छन । २०६८साल देखि पत्रकारीता पेशा गर्दै आएका पाध्यायले २२ गते हुने प्रेस चाैतारी नेपाल बाजुराकाे पाचौं जिल्ला अधिबेशनमा अध्यक्षमा लड्ने बताएका छन् । अध्यक्षका उम्मेदवार पाध्यायले यस अघि प्रेस चाैतारी नेपाल जिल्ला शाखाकाे १ कार्यकाल सदस्य र १ कार्यकाल सचिव पदमा रहेर काम गरिसकेकाे बताए । यस अघि पार्टि एकीकरण र धुर्बिकरण उताव चढाव भएकाेले संगठनका धेरै कामहरू गर्न बाँकी रहेकाेले अब अध्यक्षकाे जिम्मेवारी पाउनासाथ साे कार्य अगाडि बढाउने बताए । सचिवकाे आदा कार्यकाल रहदै प्रेस चाैतारी र प्रेस सेन्टरकाे एकिरण र धुर्बिकरणका कारण संगठनलाई चलायमान बनाउन नसकेका अधुरा कार्य प्रेस चाैतारीकाे अध्यक्ष भईसकेपछि सम्पन्न गर्ने उनले बताएका छन ।
संगठन निर्माण र नेतृत्व क्षेमताका साथै संगठनमा आबद्ध पत्रकारहरूले ब्यबासयिक बन्न प्रेरित गर्ने पत्रकार मध्यका एक कुशल पत्रकारकाे रूपमा पाध्यायलाई चिन्ने गरेका छन । उनी ब्यबसायिक पत्रकारीताकाे पक्षमा उभिने एक निडर पत्रकारकाे रूपमा रहेका छन ।
उनकाे पत्रकारीताकाे छाेटाे समयमा रेडियाे पत्रिका अनलाइन , टेलिभजिन पत्रकारीतामा समेत दख्खल राख्ने पत्रकारकाे रूपमा जिल्लामा परिचित रहेका छन । उनकाे पत्रकारीता क्षेत्रकाे लागव संगै दुर्गम गाउमा एक्लै गएर नागरिक सवालकाे पैरवी गर्ने पत्रकारकाे रूपमा जिल्लामा चिनिएका छन । २०६८ सालमा मालिका रैवार साप्ताहिक पत्रिकाकाे बजार ब्यबस्थापक बाट उनले आफ्नाे पत्रकारीकाे सुरूवात गरेकाे बताए । २०७० देखि २०७२ साल सम्म हिउँचुली एक्सप्रेस साप्ताहिक पत्रिकाकाे समाचारदाता र रेडियाे सेती एफ एम काे बाजुरा समाचारदाताकाे रूपमा उनकाे लामाे अनुभव रहेकाे छ । त्यसै गरि जिल्लामा संचालित स्वामिकार्तिक राष्ट्रिय दैनिक पत्रिकामा २०७४मा उनले १ बर्ष कार्यकारी सम्पादककाे रूपमा गरे । त्यसपछि उनले आफैले बाजुरा सन्देश राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्याए । जिल्लामा बजार नहुदा पत्रिकाकाे आर्थिक भार खेप्न नसकि पत्रिका समेत बन्द गर्नु परेकाे उनकाे अनुभव रहेकाे छ । त्यसपछि उनले एभिन्युज टेलिभिजनकाे बाजुरा समाचारदाता र जिल्लामा संचालित बडिमालिका खवर अनलाइनकाे कार्यकारी सम्पादककाे रूपमा काम गरिरहेका छन । उनले जहिल्यै पत्रकार हुन लगाशिल संगठित र ब्यबासयीक बन्नु पर्ने धारणा राख्ने गरेका छन् । संगठन र पत्रकारीता संग उनकाे लामाे अनुभव रहेकाे भए पनि अहिले संगठनकाे कुनै पनि ठाउमा नरहेकाेले आफू अध्यक्षमा निर्बिराेध गर्न सम्पुर्ण नेता तथा संगठनमा उनले माग राखेका छन । उनी आफ्नाे घर परिवार भन्दा बढि पत्रकारीता क्षेत्रमा खटिने पत्रकार र जिम्मेवारी बहन गर्ने ईमान्दार पत्रकार मध्यका एक लक्ष्मीराज पाध्याय रहेका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर