• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

प्रधानन्यायाधीशकी पत्नीले ठमेल, भाटभटेनी र धुम्बाराहीमा कमाएको जग्गाको स्रोत खोज्न माग

खप्तड मालिका न्युज January 5, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, पुस २१ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाकी श्रीमती रेजी राणाको नाममा रहेको घरजग्गाको विवरण सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउँदै छानबिनको माग गरेका छन्।

केसीले पछिल्ला १३ वर्षमा रेजीले ठमेल, धुम्बाराही र भाटभटेनीमा कमाएको करिब तीन रोपनी जग्गाको स्रोत छानबिन गर्न माग गर्दै मंगलबार विभागलाई पूरक निवेदन बुझाएका हुन्।यसअघि केसीले राणा, उनको परिवार र नातेदारसहित विचौलियाहरूको समेत सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी दिएका थिए। त्यसैको पूरक उजुरीका रूपमा मंगलबार उनले प्रधान्यायाधीश पत्नी रेजीका नाममा काठमाडौंमा भएका घरजग्गाको विवरण बुझाएका हुन्।

केसीको निवेदनमा भनिएअनुसार २०६५ सालको असोजमा धुम्बाराही, मंसिरमा ठमेल र २०७७ साल असारमा भाटभटेनीमा रेजीले करोडौं पर्ने जग्गा किनेकी छन्। उनको नाममा अवैध स्रोतको आम्दानीबाट ती जग्गा किनेको तथ्य थाहा हुन आएको भन्दै ती जग्गा रोक्का गरेर गम्भीरतापूर्वक अनुसन्धान र छानबिन गर्न डाक्टर केसीले माग गरेका छन्।

रेजीको नाममा २०६५ असोज ४ गते काठमाडौं महानगरपालिका-४ स्थित धुम्बाराहीमा तीनवटा कित्ताका जग्गा किनिएको देखिन्छ। कित्ता नम्बर ३४२ मा २ दाम १ पैसा, कित्ता नम्बर ४७१ मा ३ दाम २ पैसा र कित्ता नम्बर ४८४ मा ४ आना ३ दाम एक दाम गरी ६ आनाजति जग्गा रेजीको नाममा किनिएको छ। त्यसको ठ्याक्कै दुई महिनापछि काठमाडौं महानगरपालिका-३० स्थित ठमेलमा पनि रेजीले तीन कित्तामा रहेको १ रोपनी ४ आना जति जग्गा किनेकी थिइन्।

कित्ता नम्बर १०९ को ८ आना २ पैसा, कित्ता नम्बर ११० को ८ आना ३ पैसा र १११ को ४ आना ३ दाम जग्गा उनले किनेको पनि डाक्टर केसीको पूरक निवेदनमा उल्लेख छ।

२०७७ साल असार १७ गते रेजीले काठमाडौं-५, भाटभटेनीको कित्तानम्बर ७ को एक रोपनी ८ आना तीन दाम एक पैसा जग्गा किनेकी थिइन्।

यो सबै विवरण डाक्टर केसीले विभागलाई बुझाएको उजुरीमा उल्लेख छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत साता नै प्रधानन्यायाधीशको परिवार र आफन्तको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकेको छ। डाक्टर केसीको उजुरीपछि अनुसन्धान अधिकृत तोकेर छानबिन थालिएको उनले बताए।

‘अनुसन्धान अधिकृतसहितको टोली तोकिसकिएको छ। काम थालिसकेको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले गत साता जानकारी दिएका थिए।

पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान थालिएको भट्टराईले बताए। अनुसन्धान टोलीले उहाँको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्छ, अनुसन्धानले जे देखाउँछ सोहीअनुसार काम अघि बढ्छ,’ भट्टराईले भने।

विभागले बैंकहरूमा रहेको मौज्दात, कारोबार हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ।

विभागसँग नेपाल प्रहरी, राष्ट्र बैंक, राजश्व अनुसन्धान विभागबीच कालोधन नियन्त्रण गर्न सम्झौता छ।

राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो। राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो।

यसैगरी, जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको छ। सेयर हेर्न नेपाल धितोपत्र बोर्ड, इन्स्योरेन्स हेर्न बीमा समिति, राजस्व अनुसन्धान विभाग, वन विभाग लगायतले सम्पत्ति शुद्धीकरण विभागलाई सहायता गर्ने गर्छन्। राजश्वले कर छली, ब्युरोले फौजदारी कसुर र राष्ट्र बैंकले बैंकिङ कारोबार हेर्छन्।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डाक्टर केसीले राणा, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए। उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी लगायतको पनि सम्पत्ति छानबिन गर्न माग गरिएको छ। तर, पदमा रहेका प्रधानन्यायाधीश, न्यायाधीशहरूको सम्पत्ति अनुसन्धान गर्न नमिल्ने भएकाले विभागले राणाबाहेक उनका परिवारका सदस्य र आफन्तको अनुसन्धान थाल्ने बताइएको छ।

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑