• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चार वर्षअघि राष्ट्रपतिले मनोनीत नगरेका दुई जनालाई देउवाले फेरि बनाए राष्ट्रिय सभा उम्मेदवार

खप्तड मालिका न्युज January 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू सातै प्रदेशका निर्वाचन अधिकृत कार्यालय पुगेर आज उम्मेदवारी दर्ता गर्दैछन्।

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ।

सत्तारूढ गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि १२ राजनीतिक दलले यो निर्वाचनमा भाग लिने भएका छन्।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। जसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत पद हो। बाँकी १९ पदमा यही माघ १२ मा निर्वाचन हुँदैछ।

राष्ट्रिय सभाका लागि दलहरूले उम्मेदवारी टुंग्याइसकेका छन्। सत्तारूढ नेपाली कांग्रेसले पनि आफ्नो भागमा परेको छ सिटमा उम्मेदवार तय गरेको छ।

कांग्रेसले उम्मेदवार छनौट गर्दा पार्टीको हालै सकिएको १४ औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएकाहरूलाई अवसर दिएको छ।

साथै पहिले सरकारबाट राष्ट्रिय सभाका लागि मनोनीतमा नाम पठाइए पनि राष्ट्रपतिबाट अनुमोदन नभएका दुई नेता उम्मेदवार छन्।

काठमाडौंका कृष्णप्रसाद पौडेल र झापाका गोपालकुमार बस्नेतको नाम ०७४ मा तत्कालीन शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पनि छन्। उनलाई कांग्रेसले बागमतीमा उम्मेदवार बनाएको छ भने बस्नेतलाई प्रदेश नम्बर १ बाट उम्मेदवार बनाएको छ।

आज उम्मेदवारी दर्ता गर्न आफू हेटौंडा गइरहेको मुख्यसचिव पौडेलले बताए।

‘उम्मेदवारी दर्ता गर्न म केहीबेरमा हेटौंडा पुग्दैछु,’ पौडेलले भने, ‘मेरो नाम ०७४ मा सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको थियो।’

त्यसबेला पौडेल, बस्नेत र चाँदनी जोशीलाई मनोनीत गर्न मन्त्रिपरिषदले सिफारिस गरेको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेको सिफारिस करिब दुई सातासम्म कार्यान्वयन गरेकी थिइनन्।

त्यसपछि देउवा सरकार हटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए। ओली सरकारले सिफारिस गरेका युवराज खतिवडा, रामनारायण बिडारी र विमला राईलाई भने त्यसबेला राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्।

चार वर्षअगाडि राष्ट्रिय सभा सदस्य सिफारिसमा परेर पनि मनोनीत हुन नपाएका पौडेल र बस्नेत यसपालि सोही पदका लागि उम्मेदवार बनेका छन्।

सभापति शेरबहादुर देउवाले आफूनिकट पौडेल र बस्नेतलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएका हुन्।

कांग्रेसले गण्डकीमा कमला पन्तलाई उम्मेदवार बनाएको छ, उनी हालै शेखर कोइराला पक्षबाट समहामन्त्री उठेर पराजित भएकी थिइन्।

साथै प्रदेश नम्बर ७ को सभापतिमा पराजित नारायण मिश्रलाई पनि कांग्रेसले उम्मेदवार बनाएको छ।

सुर्खेतकी दुर्गाकुमारी गुरूङ र लुम्बिनीका युवराज शर्मा पनि उम्मेदवार छन्।

सेतोपाटी

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑