बाजुरा ७ पुस: बाजुरा जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको हो ।कोभिड जाँचका लागि यो भन्दा अगाडि धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण समेत गरिसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । यता चेक गरेको स्वाब काठमाडौ पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् ।
पिसिआर ल्याब सेवा संचालनमा आएसंगै ऐनटिजेन विधिबाट जाँच र स्वाब संकलन गरेर जिल्ला बाहीर जानुपर्ने बाध्यता हटेको छ । पिसीआर ल्याब सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकारले लगानि गरेको थियो ।
पिसिआर ल्याव सेवा सञ्चालनका लागि अस्पताल बाजुराले मेडिकल ल्याब टेक्नोलोजी अधिकृत राम बिष्टलाई नियुक्त गरेको छ । जिल्लामै पिसिआर सञ्चालनमा आएपछि अब जिल्लामा कोभिड जाँच गर्न पहिलाको जस्तो समस्या नहुने भएको हो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर