• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कंचनपुर

कञ्चनपुरमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नै मुस्किल

खप्तड मालिका न्युज December 18, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंसिर १७ गतेदेखि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु भयो। जिल्ला निर्वाचन कार्यालयले एक जना कर्मचारी फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न खटायो। कृष्णपुर नगरपालिकाका कर्मचारीहरुले पनि निर्वाचन कार्यालयका कर्मचारीलाई सघाए।

तर नामावली दर्ता गर्ने ल्यापटप एक थान मात्र भएकाले दर्तामा ढिलो हुँदै आएको छ। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका लागि लाइनमा रहेका स्थानीयले सास्ती पाएको गुनासो गरेका छन्। कृष्णपुर नगरपालिकाका एक कर्मचारीले भने, ‘विहानैदेखि हामीले सेवा दिएका छौँ। रातिसम्म पनि दिन्छौँ। एक मात्र ल्यापटप छ। काम ढिलो हुन्छ। नागरिकलाई सास्ती भएको छ।’

जिल्लाको कृष्णपुर नगरपालिकासँगै पहिलो चरणमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु भएका स्थानीय तहहरुका नागरिकले सास्ती पाएका हुन्। बिहानैदैखि लाइनमा रहेका उनीहरुले साँझ हुँदा पनि नाम दर्ता नभएको गुनासो सुनाएका छन्। निर्वाचन कार्यालयले कर्मचारीको व्यवस्थापन गर्न नसकेकाले सास्ती भएको उनीहरुको गुनासो । ‘बिहान ९ बजे आएका हौँ। अझैँ काम भएको छैन। भोक लाग्दैछ। नास्ता खान जाँदैछु, छोरी हातमा लिएकी कृष्णपुर नगरपालिका १ की देवकी साउँदले भनिन्।

निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहहरुमा मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया सुरु गरेको भए पनि सेवाग्राहीलाई सास्ती भएको हो। वडा नम्बर ७ का पदमबहादुर कुवँरले बिहानदेखि लाइनमा रहेपनि काम नभएको बताए। ‘मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हौँ। तर भएको छैन। एक जना मात्र अपरेटर छन्। व्यवस्थापन गर्न सकिएको छैन। नागरिकको लाइन लामो छ,’ कुवँरले भने।

सेवाग्राहीको संख्या धेरै र मतदाता नामावलीमा नाम दर्ता गर्ने कर्मचारीको संख्या न्यून भएकाले सास्ती बढेको हो। निर्वाचन कार्यालयले कर्मचारीको संख्या बढाउनुपर्ने माग गरिएको छ। निर्वाचन कार्यालयको सफ्टवयर रहेको ल्यापटप एक पालिकामा एक थान मात्र रहेकाले दर्तामा समस्या हुँदै आएको दाबी गरिएको छ। दोस्रो चरणको नाम दर्ताको प्रक्रिया सुरु हुने स्थानीय तहहरुमा पनि सोही समस्या दोहोरिने देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले जिल्ला निर्वाचन कार्यालयबाट कर्मचारी तथा ल्यापटप दिन नसकिने बताए। उनले भने, ‘एक स्थानीय तहमा एक जना पठाएका छौँ। ल्यापटप पनि एकै छ। हामीले कर्मचारी थपघट गर्न सक्दैनौँ। माथिबाट नै हो, सबै गर्ने।’ स्थानीय तहहरुमा कर्मचारी तथा उपकरण खटनपटनको पूर्ण अधिकार निर्वाचन आयोगलाई मात्र छ। जिल्ला निर्वाचन कार्यालयले थपघट गर्न पाउँदैन। सोही कारणले पनि नागरिकले सास्ती पाएका हुन्।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑