• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

कोल्टीमा पसल व्यवसायी पौडल दम्पतीद्धारा विद्यालय पोशाक र शैक्षिक सामाग्री सहयोग

खप्तड मालिका न्युज December 6, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया/ बाजुरा :-बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको बुढीनन्दा आधारभुत विद्यालयका विद्यार्थीका लागि पोशाक र शैक्षिक सामाग्री सहयोग गरिएको छ । विगत लामो समय देखि शैक्षिक पेशामा आवद्ध रहि रिटाएर हुनुभएका पसल व्यवसायी वद्री पौडेल र उहाँका धर्मपत्नी सावित्री पौडेलले विद्यार्थीका लागि सो सामाग्री सहयोग गर्नुभएको हो । पर्वतको फलेवास नगरपालिका वडा नं ५ चितेपानी जन्मेर बाजुरा कर्मथलो बनाउनु भएका पौडेल दम्पतीले विद्यार्थीहरुका लागि पोशाक र शैक्षिक सामाग्री सहयोग गर्नुभएको विद्यालय श्रोतले जनाएको छ ।

No description available.

करिब २० वर्ष देखि बाजुराको कोल्टी क्षेत्रमा पौडेल जनरल स्टोर स्थापना गरि व्यवसाय सञ्चालन गर्दै आउनुभएका दम्पतीले १५ जना विद्यार्थीका लागि २ थान विद्यालय पोशाक, ६२ वटा औजार वक्स र स्वास्थ्य सुरक्षाका लागि मास्क सहयोग गर्नुभएको हो । बुढीनन्दा आधारभुत विद्यालयमा अध्ययनरत दलित, जनजाती तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाकका कारण विद्यालयमा अध्ययन अध्यापनमा बाधा नहोस भन्ने उदेश्यले सो सामाग्री सहयोग गरिएको प्रधानाध्यापक विरर्जन शाहीले जानकारी दिनुभएको छ । शैक्षिक पेशामा २० वर्ष आवद्ध रहिरहदाँ कोही अभिभावकले आर्थिक अवस्था कमजोर हुँदा आफ्ना छोराछोरीलाई अध्यापनका लागि विद्यालय सम्म पुर्याउन नसकेको तितो अनुभव सम्झीदै उनीहरु सजिलै विद्यालय सम्म पुगोस भनेर सो सामाग्री सहयोग गर्नुभएको प्रधानाध्यापक शाहीले बताउनुभएको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि पौडेल दम्पती परिवारको सहभागितामा सो सामाग्री वितरण गरेको बताइएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष विर्ख बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षक शिक्षिकाहरुले पौडेल दम्पती परिवारलाई फुलमाला, अविर लगाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना पनि प्रदान गरेका थिए । सहयोगी भावना भएका पौडेल दम्पतीले कोल्टीमा रहेको विद्यालयमा मात्र नभएर अन्य आर्थिक अवस्था कमजोर भई एक जोर कपडा सम्म फेर्न नसक्ने परिवारहरुलाई पनि सहयोग गर्दै आउनुभएको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑