• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस बाजुरामा पनि मनाइयो

खप्तड मालिका न्युज December 3, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया/ बाजुरा काेल्टी :- आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारा सहित विश्वभर मनाइएको हो । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो । सोही अनुसार बाजुराको बुढीनन्दा नगरपालिकाले पनि आज कोल्टी बजारमा र्याली प्रर्दशन गर्दै दिवस मनाएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र आइएनफ नेपाल र पीसविन बाजुराको आर्थिक सहयोगमा आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।
कोल्टी बजारमा र्याली प्रर्दशन गर्दै शिवमिलन पार्कमा आमसभामा परिणत भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा अन्यको सहभागिता रहेको थियो । महिला तथा बालबालिका अधिकृत गंगा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं छ का वडा अध्यक्ष दल बहादुर भाट प्रमुख अतिथी रहनुभएको थियो । आइएनएफ नेपाल बाजुराका टोली प्रमुख नरदिप ओडले सञ्चालन गरेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई सरसफाइका सामाग्री वितरण गरिएको बताइएको छ । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको बताइन्छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । तर उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑