• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

राजनीतिक संरक्षण पाएकालाई पक्राउ गर्दैन कैलाली प्रहरी

खप्तड मालिका न्युज November 24, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः कैलालीमा प्रहरीले विभिन्न घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ नै नगर्ने गरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्। घटनामा संलग्न व्यक्ति पक्राउ परेको अवस्थामा प्रहरीले मिलापत्र गर्न अग्रसरता देखाउने गरेको समेत आरोप लागेको छ। कुनै पनि घटनामा संलग्न भनिएका सबै व्यक्ति पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भए पनि प्रहरीले त्यो सबै गर्न नसकेको आरोप लागेको हो। प्रहरीले आरोपितलाई पक्राउ नै नगर्ने, पक्राउ गरिहाले पनि त्यो व्यक्ति पहुँचवाला छ भने सार्वजनिक नगर्ने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय रमेशकुमार बस्नेतले बताए।
‘प्रहरीले विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने हो तर सबै घटनाको हकमा प्रहरीले दोषीलाई समातेको हुँदैन’ उनले भने, ‘पहुँच भएका र राजनीतिक संरक्षण पाएका व्यक्तिलाई प्रहरीले संरक्षण गर्न खोजेको हुन्छ।’ कैलालीको टीकापुरमा भूपेन्द्र बडुवालको हत्या प्रकरणका ६ जना आरोपित अझै फरार छन्। उनीहरुलाई विगतदेखि नै राजनीतिक संरक्षण थियो। धनगढीको फूलबारीमा दर्जन बढी घटनामा एउटा समूह संलग्न छ। एमालेको विद्यार्थी राजनीति गर्दै आएका ती युवाहरु कानूनी दायरामा आएका छैनन्। एक÷दुई जनालाई पक्राउ गरेर कारबाही गरेको बताउने प्रहरीले उनीहरुको अपराध र संलग्न व्यक्तिलाई भने सार्वजनिक नै नगर्ने समस्या छ। तर कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने जघन्य अपराधमा संलग्न भनेर आरोप लागेका व्यक्तिलाई सार्वजनिक गर्ने गरेको बताए। ‘प्रहरीले जघन्य अपराधमा संलग्न भएका व्यक्तिलाई सार्वजनिक गर्ने गरेको छ। हत्या, बलात्कार, चोरी–डकैती र तस्करीमा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गर्ने गरेको छ’ उनले भने। कैलाली प्रहरीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ४ सय ८८ जना विभिन्न घटनामा संलग्न व्यक्ति पक्राउ गरेको जनाएको छ। कैलाली प्रहरीले जघन्य अपराधका थुप्रै आरोपितलाई सार्वजनिक नगरेको पनि उदाहरण छन्।
सर्वसाधारण आरोपित भए प्रारम्भिक अनुसन्धान समेत नगरी सार्वजनिक गर्ने कैलाली प्रहरीले बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ परेका स्थानीय नेतादेखि सांसदसम्मलाई भने सार्वजनिक गरेको पाइदैन्। प्रहरीले राजनीतिक दबाब र प्रभावमा परेर दोषीलाई कानूनी दायरामा ल्याउन आनाकानी गर्ने गरेको पनि पीडितहरुले बताउने गरेका छन्। किटानी जाहेरी दिएको व्यक्ति खुलेआम डुल्दासमेत प्रहरीले फरार रहेको बताउने गरेको सर्वसाधारणको दाबी छ। ज्यान मार्ने उद्योग, हत्या, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिविरुद्ध जाहेरी आए पनि फरार सूचीमा राखेर प्रहरी ढुक्क बस्ने गरेको गुनासो गरिएको छ। जसका कारण राजनीतिक प्रभाव र पहुँचको आधारमा विभिन्न घटनाका दोषीले उन्मुक्ति पाउने गरेका छन्।
दिनेश खबर

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑