• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिमका ७ जिल्लामा काँग्रेसको अधिवेशन, यी हुन् क्षेत्र र जिल्ला सभापतिका उम्मेदवार

खप्तड मालिका न्युज November 22, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– सुदूरपश्चिमका विभिन्न जिल्लामा आज नेपाली कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन र केही जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन भइरहेको छ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ। उक्त निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य दीवान विष्टको राम्रो पकड मानिन्छ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि निर्वाचन हँुदैछ। उक्त क्षेत्र कांग्रेस नेता तथा पूर्वमन्त्री एनपी साउदको पकड राम्रो रहेका क्षेत्रका रुपमा लिइन्छ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द र गणेशसिंह नेगीबीच सभापतिका लागि निर्वाचन हुँदैछ। निर्वाचन क्षेत्र नं ३ नेता रमेश लेखकको पकड क्षेत्र मानिएको छ।

यता कैलालीका ५ निर्वाचन क्षेत्रमा आज काँग्रेसको अधिवेशन भइरहेको छ। नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले ५ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको जानकारी दिए। उनका अनुसार क्षेत्रीय अधिवेशनमार्फत क्षेत्रीय कमिटी र महाधिवेशन प्रतिनिधि छनोट गरिने छ।

कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा अधिवेशन सुरु भएर मतदानको तयारी भइरहेको बताए। उनका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी र बसन्त रोकायाको टीम प्यानलसहित चुनावी मैदानमा छ। यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेता भीम पडाल,सन्तोष मुडभरी रहरि रेग्मीले सभापतिमा उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा भुवन अधिकारी र प्रकाश शाहको समूहबीच चुनाव हुने चर्चा छ। निर्वाचन क्षेत्र नम्बर २ र ३ मा पनि सर्वसम्मतको सम्भावना कम रहेको काँग्रेस कैलालीले जनाएको छ।

उता अछाम जिल्लामा पनि आज काँग्रेसको क्ष््रोत्रीय अधिवेशन भइरहेको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये अछाममा मात्र दुई वटा निर्वाचन क्षेत्र छन्।

उता डोटीमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज सम्पन्न प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ। प्रदेशसभा १ ९१० को सभापति पदमा धर्मराज जोशी र १९२० मा भैरवबहादुर साउद विजयी भएका छन्। डोटीमा आजदेखि जिल्ला अधिवेशन भइरहेको छ। जिल्ला सभापतिमा प्रदीप देउवा, नरेन्द्र सिंह, भुमिराज बडु, टेकराज ओझा र नरबहादुर ढाटले मनोनयन दर्ता गरेका छन्।

उता प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको सातौँं जिल्ला अधिवेशन सुरु भएको छ। काँग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक गोविन्दराज बोहराले अधिवेशन उद्धघाटन गरेका हुन्।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनेछ। जिल्ला सभापतिका लागि परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद र नेता चुडामणी ठकुराठीले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार मनोनयन दर्ताको समय सकिएको छ भने अहिले नामावली प्रकाशन भइरहेको छ। आजै नयाँ नेतृत्व चयनका लागि मतदान हुने बमले बताए।

वर्तमान सभापति कर्ण मल्ल समूह भने अधिवेशनमा सहभागी छैन। एकलौटी रुपमा वडा अधिवेशन भएको भन्दै मल्ल पक्षले फेरि हुनुपर्ने माग राख्दै आएको छ। उनीहरु मंसिर १ गतेदेखि सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा रिले अनशनमा छन्।

बैतडीमा पनि आज नयाँ जिल्ला कमिटी चयनका लागि मनोनयन दर्ता भइरहेको छ। त्यहाँ चतुरबहादुर चन्द र शिवराज भट्ट प्यानलसहित चुनावी मैदानमा छन्। दार्चुलामा भने भोलिदेखि जिल्ला अधिवेशन सुरु हुनेछ। वर्तमान सभापति ललितसिंह बोहरा र उपसभापति अमरसिंह धामीको सभापतिमा चर्चा छ। सुदूरपश्चिमका दुई जिल्ला बाजुरा र बझाङमा भने जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।
दिनेश खबर

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑