• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बिधुत प्राधिकरणका निर्देशक घिसिङलाई बुझाए बाजुराका पत्रकारले ज्ञापन पत्र

खप्तड मालिका न्युज November 22, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मानदेव रोकाया— नेपाल बिद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत ज्ञापन पत्र बुझाएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बिद्युत अनियमित भएको भन्दै र प्राधिकरणको लाईन बिस्तारमा ढिलाई भएको भन्दै बाजुराका पत्रकारहरुले ज्ञापन पत्र पठाएका छन । बिद्युत नहुदा सदरमुकामकै नागरिक र पत्रकारले सास्ती भोगेको कुरालाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाएको पत्रकार प्रेम रौलेले बताए । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल बिद्युत प्राधिकरण काठमाण्डौलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो । कुलमान घिसिङ्ग जस्तो उज्यालो नेपालका नायक बिद्युत प्राधिकरण प्रमुख हुँदा पनि बाजुराको सदरमुकाम सम्म पनि बिद्युत विस्तार हुन नसकेको भन्दै ज्ञापन पत्र बुझाएको पत्रकारहरुले बताएका छन । कुलमान घिसिङ् जस्तो उज्यालो नेपालका नायक विद्युत प्राधिकरणमा प्रमुख हुँदा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला त्यसैमा भौगोलिक विकटतासंगै दुर्गम जिल्ला बाजुरामा विद्युत विस्तार हु्न नसकेर अध्याँरोमा बस्न बाध्य यहाँका नागरिकले के अपेक्षा राज्यबाट र हजुरबाट गर्लान हजुरले सहजै अनुमान गर्न सक्नुहुन्छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.
नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलविद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुरा मार्तडीले लिजमा संचालन गरि रहेको छ । सहकारीको विद्युत व्यवस्थापन तथा संचालनले नागरिक थप आजित छन् । विद्युत सहकारीले संचालन गरिरहेका बेला नागरिक भने सरकार देशभर उल्यालो अभियान संचालन गरेपनि सदरमुकाम मार्तडीलाई व्यवस्था गरेको देखिन्छ । दैनिक ८ घण्टा लोड सेडिङ्गको मार खेपिरहेका सदरमुकामबासी छन्, भने अझै जिल्लाका ग्रामिण भेगमा सल्लोको झरोमा भर पर्दै आएका छन् । सदरमुकाममा बिजुलीबाट संचालनमा ल्याएको साना व्यवसायीहरुले ठुलो क्षति व्यहोर्नु परिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संचारको यो दुनियाँमा समाचार सबैले सुन्ने नै भए नेपाल सरकार विद्युत विक्री गर्दैछ, भन्ने सुन्छन, अनि त्यही समाचार सुनिरहँदा अँध्यारो कोठामा बस्नु पर्दाको हाम्रो पिडाले हामीलाई सरकारले सौतेनी व्यवहार गरेछ,हामीलाई नागरिक ठानेन् भनेर यहाँका नागरिकहरु दैनिक सराप्ने काम गरिरहन्छन् ।
यता नेपाल विद्युत प्राधिकरणको वितरण शाखा कार्यालय बाजुरा मार्तडीमै स्थापना भएको ३ वर्ष भईसकेको छ । तर मुख दर्शक बन्नु बाहेक कुनै काम गर्न सकेको छैन । धेरै जसो गाउँमा पोल गाडेको वर्षौ भईसकेको भए पनि विद्युत बाल्ने ठेगान भने देखिएको छैन । सव स्टेशनको ठेक्का भएको वर्षदिन भइसक्दा पनि स्टेशनको कुनै काम हुन सकेको छैन । विद्युत नियमित नहुँदा बाजुराको पत्रकारिता क्षेत्र पनि प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
तर सदरमुकाममा रहेको विद्युत सेवा नियमित संचालन नहुदा अहिलेको सोसल मिडियाको यूगमा आम जनतालाई सूचनाबाट सू–सुचित गर्न सकिरहेका छैनौ, भन्ने हाम्रो ठम्याई छ । पत्रकारहरुले लोड सेडिङ्गसंगै विद्युत नियमित नुहँदा बाजुराका रेडियो पत्रपत्रिका अनलाइनहरु संचालनमा समस्या हुनुका साथै आम नागरिकको सुचना पाउने अधिकारबाट बञ्चित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नागरिकलाई संचार माध्यमबाट समाचार सम्प्रेषण गर्न नसक्दा जनतालाई सू–सुचित गर्न निकै कठिनाई भइरहेको जिल्लाका संचार माध्यममा काम गर्ने संचारकर्मीहरुले महसुस गर्दै आएका छौँ ।

नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पटक÷पटक खवरदारी गर्दा पनि विद्युत लाईन विस्तारमा कुनै चासो नदिएको अवगत गराउदै यथासिघ्र विद्युत लाईन विस्तार गरी संचालनमा ल्याउन माग गर्दछौं ज्ञापन पत्रमा भनिएको छ ।
जिल्ला सदरमुकामसम्म राष्ट्रिय प्रसारण लाईन विस्तारमा ढिलाई नगरी यथासिघ्र लाईन विस्तार गर्न हामी संचारकर्मी अपिल गर्दछौ । यसको समाधान हुन नसकेमा थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने १३ ओटा संचारमाध्याममा कार्यरत पत्रकारहरुको सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.

No description available.

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑