• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कोहलपुरमा कांग्रेसका उम्मेदवार र कार्यकर्ताबीच कुटाकुट

खप्तड मालिका न्युज November 19, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दाङ, बाँकेको कोहलपुरमा कांग्रेसका उम्मेदवार र नेतारकार्यकर्ताबीच मतदानस्थलमै कुटाकुट भएको छ। मतदान सकिएपछि गत राति उनीहरूबीच कुटाकुट भएको थियो। नगर सभापतिका उम्मेदवार वीरेन्द्र शाहले एक मतदातालाई मतदानस्थलमै एक हजार दिएको बिषयमा बिबाद सुरू भएको थियो।

सभापतिका अर्का उम्मेदवार राजेन्द्र श्रेष्ठ पक्षधरका युवाले पैसा दिएको बिषयमा उम्मेदवार शाहलाई किन पैसा दिएको भनेर प्रश्न गर्दा बिबाद भएको थियो। पार्टीभित्र शाह संस्थापनइतर र श्रेष्ठ संस्थापन पक्षधर हुन्।

‘मतदान सकिएर मतपेटिकासमेत राखिसकेपछि पैसा दिएको कुरामा बिबाद सुरु भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘पैसा दिएर मतदाता किनेको भन्दै श्रेष्ठ पक्षका युवाले शाहलाई र्‍याखर्‍याख्ती पार्न सुरु गरेपछि बिबाद उत्सकर्षमा पुगेको हो।’

त्यहीक्रममा शाह र तरुण दलका हरिसिंह कठायतबीच भनाभन भएपछि शाहले लाठी उठाएर हरिसिंहलाई हिर्काएका थिए। त्यसपछि हरिसिंहले पनि शाहलाई एक मुक्का हिर्काएको ती प्रत्यक्षदर्शीले बताए।

श्रेष्ठले आफ्ना समर्थकलाई शान्त पार्न धेरै प्रयास गरे पनि बिबाद बढ्दै गएपछि हातहाला हालको स्थिति उत्पन्न भएको थियो। ‘श्रेष्ठले माहोल शान्त पार्न धेरै प्रयास गरिरहनुभएको थियो,’ उनले भने ‘ तर शाहको उम्मेदवारी सदर नभएपछि आफ्नो प्यानलका ती व्यक्तिलाई पैसा फिर्ता दिएको भनेर बचाउ गरिरहँदा बिबादले चर्कौ रुप लिएको थियो।’

शाह पक्षधर युवा नेता पूर्णप्रसाद आचार्यले शाहमाथि हातपात भएको भन्दै आफ्नो सामाजिक सञ्जालमा राति नै सार्वजनिक गरेका छन्। आचार्यले सभापति पदका उम्मेदवार राजेन्द्र श्रेष्ठले नै वीरेन्द्र शाहमाथि हातपात गरेको उल्लेख गरेका छन्।

उम्मेदवार श्रेष्ठले आचार्यले लेखेको कुरा सही नभएको र आफ्ना प्रतिस्पर्धी शाहलाई आफूले नै जोगाउने तथा संरक्षण गर्ने काम गरेको दाबी गरेका छन्।
‘वीरेन्द्रजीलाई मैले नै जोगाएको हुँ,’ श्रेष्ठले भने, ‘कुरा चलिरहँदा वीरेन्द्रजीले सुरुमै लाठ्ठी नहानेको भए त्यो अवस्था नै आउने थिएन।’

पैसाको बिबाद ठूलो नभएको र आफूले सबैलाई सम्झाइरहेको बेला माहौल शान्त हुँदै गर्दा उम्मेदवारले लाठी हान्नु गलत भएको श्रेष्ठले बताए। कांग्रेस बाँकेका उपसभापति फूलाराम थारुले सुरुमा आफैँले लाठी हानेर शाहले श्रेष्ठकाविरुद्ध गलत प्रचार गराएको तर्क गरे।

बिबादपछि बिहीबार बेलुका नै गर्ने भनिएको मतगणना स्थगित भएको थियो। शुक्रबार बिहान झगडामा सामेल पक्षका उम्मेदवारहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा झिकाएर बिबाद समाधानको प्रयास भइरहेको छ। बिबाद समाधान गरेर मात्रै मतगणना सुरू हुने भएको छ।
सेतोपाटी

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑