
राजेन्द्र बहादुर रोकाया, बाजुरा– नेपाली काँग्रेसका नेता देवराज जोशी सुदुर पच्शिम प्रदेश सरकारको प्रमुखमा नियुक्त भएकोमा तरुण दल बाजुराले बधाई दिएको छ ।
नेपाली काँग्रेस बाजुरका पुर्ब पार्टी सभापती तथा २०४८ सालका देशकै कान्छा माननिय सांसद, संबिधान सभा सदस्य तथा केन्द्र्रीय महासमिति सदस्य समेत रहेका जोशी मंगलबार प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । नेपाली काँग्रेस बाजुराका संस्थापक नेता, निष्ठावान, ईमान्दार, वौद्धिक, क्षमतावान, र ईमान्दार ब्यक्तित्व प्रदेश प्रमुखमा नियुक्त भएकोमा नेपाल तरुण दल बाजुरा परिवार हार्दिक बधाई ज्ञाप गर्दछौ नेपाल तरुण दल बाजुराका अध्यक्ष कुम्भनाथ योगीद्धारा हस्ताक्षरीत बधाई पत्रमा भनिएको छ ।
साथै प्रदेश प्रमुख जाशीको कार्यकालको शुभकामना ब्यक्त गर्दै नियुक्ति गर्न सहयोग गर्नु हुने सम्माननीय प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई समेत धन्यवाद दिएका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर