• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पिसिआर रिपोर्ट नहुँदा नेपाली महिला टिमको बंगलादेशमा फ्लाइट छुट्यो, बसबाट स्वदेश फर्कने

खप्तड मालिका न्युज November 11, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, नेपाली महिला क्रिकेट टिम बिहीबार बंगलादेशबाट स्वदेश फर्किने कार्यक्रम थियो। तर व्यवस्थापन फितलो हुँदा नेपाली टिमको बंगलादेशको राजधानी ढाकाबाट नेपाल आउने फ्लाइट छुटेको छ।

विदेशबाट नेपाल फर्कने सबै यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य छ। ७२ घन्टाअघिसम्मको पिसिआर रिपोर्ट देखाएर मात्र नेपाल आउन पाइन्छ।
तर बिहीबार नेपाल फर्कन लागेको नेपाली टिम पिसिआर रिपोर्ट नबोकी बंगलादेशको राजधानी ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। विमानस्थलका कर्मचारीले नेपाली टिमलाई भित्र छिर्न नदिएको नेपाल क्रिकेट संघ ९क्यान० का एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार नेपाली टिमको पिसिआर परीक्षण नै गरिएको थिएन।

नेपाली टिम बिहान ९, १५ मा विमान बंगलादेशबाट नेपाल फर्कने क्रार्यक्रम थियो। नेपाली टिमको प्रशिक्षक जगत टमाटा र व्यवस्थापकमा क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्ट बंगलादेश गएका थिए।
विमान बंगलादेशले सातामा दुई दिन बिहीबार र शनिबार ढाकाबाट काठमाडौं उडान गर्छ। यसका नेपाल फर्कन अझै दुई दिन कुर्नुपर्ने भएपछि नेपाली टिम बसबाट स्वदेश फर्कने भएको क्यानले जनाएको छ। क्यानका अनुसार नेपाली टिम आज साँझसम्ममा नेपाल आइपुग्नेछ।

नेपाली टिम आइसिसी वुमन्स टी(२० विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न कात्तिक १८ मा बंगलादेश गएको थियो। त्यहाँ स्थानीय टिमसँग तीन अभ्यास खेल खेलेको नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले आगामी १९ देखि २९ नोभेम्बरसम्म युएईमा एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता खेल्ने तय छ।
त्यसअघि नेपालले कतारमा अभ्यास गर्नेछ। नेपाली टिम पर्सी कतार जाने कार्यक्रम छ। छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो।
टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ।
वुमन्स टी २० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिष्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑