
धनगढीः सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय राजनीतिमा एकछत्र राज जमाएका भीम रावल र लेखराज भट्ट पार्टी विभाजनपछि भने कमजोर देखिएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि दुवै नेता कमजोर बन्दै गएका हुन्। माओवादी छोडेर एमाले रोजेका भट्टसँग प्रदेश सभामा तत्कालीन अर्थमन्त्री झपटबहादुर बोहरा मात्र देखिएका छन्। लेखराजकै पछि लागेका कारण बोहराले मन्त्री र सांसद दुवै पदबाट हात धुनुपरेको थियो। भट्टले एमाले रोज्दा केही नेता, कार्यकर्ता पनि सँगै गए। अहिले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाबाहेक उनीसँग कार्यकर्ताको साथ शून्य छ।
ठूलो संख्यामा माओवादीको साथ पाएका लेखराज भट्ट एमाले प्रवेश गरेपछि कार्यकर्ताको रुपमा सिमित बन्न पुगेको नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सभा सांसद वीरभान चौधरी बताउँछन्। ‘भट्टले एमाले रोजेपछि नेता तथा कार्यकर्ताले उनको साथ दिनप्रतिदिन छोड्दै गएको र आगामी राजनीति नै धरापमा पर्ने देखिन्छ’ उनले भने, ‘उनको योगदान माओवादीमा हो एमालेमा भट्टको कुनै योगदान नभएकाले निहित स्वार्थका लागि मात्र प्रवेश गरेको देखिन्छ।’
पार्टी छोडेर अर्को दल रोजेका भट्ट जस्तै गुट फेरेका भीम रावलले पनि सुदूरपश्चिममा आफ्नै विश्वास पात्रको साथ गुमाएका छन्। रावल सुदूरपश्चिम संयोजक रहेको समयमा अछाममा पार्टी अध्यक्ष रहेका शेरबहादुर कुँवरले नै साथ छोडिदिएका छन्। कुँवर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा लागेका छन्। उनी सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा पनि परिचित छन्।
रावलकै विश्वासपात्र मानिने सामाजिक विकास मन्त्री दीर्घ सोडारी पनि साथ छोडेर नयाँ पार्टी निर्माणमा सक्रिय भएर लागेका छन्। सुदूरपश्चिम प्रदेशमा एमाले परित्याग गरेर समाजवादी पार्टीमा ठूलो संख्यामा नेता कार्यकर्ता प्रवेश गरेकाले सबैभन्दा ठुलो पार्टी बनेको नेकपा एमाले परित्याग गरेर समाजवादी रोजेकी प्रदेश सांसद पूर्णा जोशीले बताइन्। ‘प्रभावशाली भनिएका नेता भीम रावल दिनप्रतिदिन एक्लिदै गएको सबैका सामुन्ने छर्लङ्गै छ। हामीले अब एमालेको चिन्ता गर्नुपर्ने अवस्था छैन’ उनले भनिन्।
तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पनि रावलको साथ छोडेकी छिन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापको चर्को आलोचना गर्दै आएका रावलले १० बुँदे कार्यान्वयनको नाममा माधव नेपालको साथ छोड्दा अधिकांश नेताहरूले उनको साथ छोडेका छन्।
एमाले परित्याग गरेर आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद तथा सांसदहरु दुर्गाकुमारी कामी, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी, सुशीला बुढाथोकी, तारालामा तामाङ लगायतले माधव नेपालको नयाँ पार्टीको रोजिसकेका छन्। सुदूरपश्चिममा ठूलो दल नेपाल नेतृत्वकै एकीकृत समाजवादी बनेको छ।
माओवादीबाट भट्ट र एमालेबाट रावलको प्रभाव रहेको सुदूरपश्चिममा अहिले भने दुवै नेता कमजोर देखिएका छन्। दुवै नेता एमालेमै रहेपनि लेखराजको पक्षमा भने प्रदेश सभामा एक जना पनि सांसद छैनन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर