• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

गौमुलमा फन पार्कको सिलान्यास, ६ करोड बढीको फन पार्क बन्दै

खप्तड मालिका न्युज November 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा :- गौमुल गाउँपालिकामा फन पार्क निमार्ण हुने भएको छ । गौमुल गाउँपालिका–४ मा निमार्ण हुन् लागेको फन पार्कको आइतबार शिल्यान्यास गरिएको छ । ६ करोड ३० लाखको लागतमा फन पार्क निमार्ण गरिने गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन ।

नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाले आज एक समारोहका बीच फनपार्कको शिल्यान्यास गरेका छन । गौमुल गाउँपालिका र सिएम प्याराटाईज प्रशंसा जे.भी. धनगढी बीच ठेक्का सम्झौता भएर फन पार्क निमार्ण गरिने भएको आधिकारिक प्रतिनिधि ज्ञान बहादुर रोकायाले बताएका छन ।
नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाको महत्वपूर्ण भूमिका रहेको फनपार्कमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गौमुल गाउँपालिकाको संयुतm सहयोगमा निमार्ण हुने भएको छ ।

गौमुल गाउँपालिका–४ चौर भन्ने स्थानमा करिब १५ बढी रोपनी जग्गा क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाईएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए । फनपार्क निर्माण हुने भएपछि स्थानीयबासी उत्साहित भएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरी महत्वपूर्ण आयोजनाका रुपमा फनपार्क निमार्णलाई गौमुल गाउँपालिकाले विश्वास लिएको उपाध्यक्ष सीता थापाले बताएकी छन । आयोजना गाउँपालिकाकै उत्कृष्ट आयोजनाका रुपमा लिईएको थापाको भनाई रहेको छ ।

पारी पट्टी हरियो वनजङ्गल, पवित्र तीर्थस्थल जस्तै नदी किनारमा निर्माण हुने फनपार्क पर्यटकीय हिसाबले गौमुल गाउँपालिकामा नमुना हुने गौमुल गाउँपालिकाका वरिष्ठ सदस्य कलक बहादुर सिंहले बताएका  छन ।

गाउँपालिकाको महत्वाकांक्षी योजनाका रूपमा फनपार्क निर्माणको अवधारणा अगाडी सारेर निर्माण स्थलको छनोट, ठेक्का प्रक्रिया लगायत कामहरु सकिएका छन् ।

गौमुल बासीहरुलाई रोजगारी दिने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गाउँपालिकाको अर्थोपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने हुदाँ फनपार्क निमार्णलाई गौरवको आयोजनाका रुपमा लिईएको अध्यक्ष रोकायाले बताएका छन ।

स्थानीय संस्कार, संस्कृति र रहनसहन पनि पार्कको आकर्षणको केन्द्र बन्ने गाउँपालिकाको विश्वास रहेको छ । फन पार्कमा ३ वटा प्रशासनिक भवन, आकर्षक लाईट सहितको पिलर, विभिन्न ज्ञानवद्र्धक सामग्री सहितको ‘वाल अफ नलेज’, अतिथि गृह, स्वीमिङ पुल, वनभोजस्थल, बगैँचा, टेम्पो लाईट, पिङ, चिप्लेटी लगायत बालबालिकाका लागि खेल्ने विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालय लगायत भौतिक संरचना निर्माण गरिने छन् । फनपार्कमा आवश्यक पर्ने अन्य भौतिक संरचना समेत निमार्ण गरिने भएका छन् ।

शिल्यान्यास कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापा, गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, उपाध्यक्ष सीता थापा, गौमुल गाउँपालिकाका वरिष्ठ सदस्य कलक बहादुर सिंह, वडा अध्यक्ष वीरेन्द्र बहादुर रोकाया, सांसद थापाका स्वकीय सचिव सुरेश रोकाया, रेडियो गौमुलका स्टेशन प्रवन्धक रमित विक, ठेक्का कम्पनी सिएम प्याराटाईज प्रशंसा जे।भी। धनगढीका आधिकारिक प्रतिनिधि ज्ञान बहादुर रोकाया, नेकपा एमाले ५ नम्बर वडा कमिटी अध्यक्ष प्रकाश रोकाया, ५ नम्बर वडा सचिव दल बहादुर रोकाया लगायत स्थानीयको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑