काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् । जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा रहेका छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर